site stats
बाह्रखरी :: Baahrakhari
विशेष
डीभी खुलेपछि राहदानी बनाउने बढे (फोटो फिचर)

काठमाडौं । डीभी खुलेपछि राहदानी विभागमा पासपोर्ट बनाउन आउनेहरुको संख्या बढेको छ ।

लामो समयको बन्दाबन्दी र निषेधाज्ञा खुलेपछि राहदानीका लागि आवेदन दिनेको संख्या निकै बढेको हो । पछिल्लो साता ११ सयले राहदानीका लागि आवेदन दिएको राहदानी विभागका सूचना अधिकृत पुष्पप्रसाद भट्टराई बताउँछन् । अहिले दैनिक बढीमा ६/७ सय जनाले विभागमै पुगेर आवेदन दिँदै आएका छन् ।

यसैबीच अमेरिकाले डीभी खोल्दा डीभी भर्न गत वर्षदेखि पासपोर्ट नम्बर अनिवार्य गरेपछि अहिले विभागमा पासपोर्ट बनाउनेको संख्या बढेको अनुमान गरिएको छ । साथै लामो समय कोरोना महामारीका कारण पनि वैदेशिक शिक्षा अध्ययन, लागि वैदेशिक रोजगारीका लागी र चाडबाडका बेला विदेशमा भएका आफन्तहरुसँग भेटघाटका लागि विभिन्‍न देश जाने हुनाले राहदानी बनाउनेहरुको संख्या बढेको राहदानी विभागले जनाएको छ ।

Argakhachi Cement Island Ad

पछिल्लो समय राहदानी विभागमा पासपोर्ट बनाउन र कन्सुलर विभागमा विदेशमा ज्यान गुमाएका मान्छेहरुको शव नेपाल ल्याउन प्रक्रिया अगाडि बढाउन आउनेको संख्या पनि बढेको कन्सुलर विभागकी सूचना अधिकृत सुजनी रानाले बताइन् ।

हेरौं, राहदानी विभागमा राहदानीका लागि आएका सर्वसाधारण र त्यहाँको थप माहोल :

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १४:४२
प्रतिक्रिया दिनुहोस्