site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अभिनेत्री रिया २८ दिनपछि हिरासतमुक्त, भाइ सोविक भने हिरासतमा रहने
Sarbottam CementSarbottam Cement

मुम्बई । बलिउड लागुऔषध मुद्दामा हिरासतमा रहेकी अभिनेत्र रिया चक्रवर्ती करिब एक महिनापछि हिरासत मुक्त भएकी छन् । बम्बे उच्च अदालतबाट जमानत पाएपछि रिया बुधबार ५:३० बजे भायखला जेलबाट रिहा भएकी हुन् । 

बम्बे उच्च अदालतले बिहीबार रियाको जमानत याचिकामा रिहाको फैसला सुनाएको हो । यद्यपि उच्च अदालतले रियाका भाइ सोविकलाई भने जमानत दिएन । तर सुशान्तका घरका कामदार दीपेश सावन्त र म्यानेजर साम्युएल मिरान्डालाई भने रियासँगै जमानत दिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

खबरका अनुसार सोविकको लागुऔषध च्याटम्यासेजमा एनसीबीले अझै अनुसन्धान गरिरहेको छ । तर रियासँग एनसीबीले लागुऔषध बरामद नगरेकोले उनलाई जमानत दिएको हो । 
सुशान्तको मृत्यु प्रकरणमा लागुऔषधबाट अनुसन्धान गरिरहेको एनसीबीले रियालाई ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो । 

रियालाई १ लाख (नीजी बोन्ड) धरौटीमा जमानत दिएको हो । धरौटीको रकम बुझाउनका लागि रियाका वकिल सतीश मानसिन्देले अदालतसँग एकमहिनाको समयको माग गरेको छ । यस्तोमा रिया अहिले नै जेलबाट बाहिरी नहाल्ने हो की भन्ने आशंका गरिएको छ । 

Global Ime bank

हिजोमात्रै रिया र सोविक लगायत अन्य आरोपीलाई १४ दिन म्याद थप गर्दै २० अक्टोबरसम्म जेलमा राख्न निर्देशन दिएको थियो । तल्लो अदालतले दुई पटक रियाको जमानत याचिका खारेज गरिसकेको थियो । - नवभारत टाइम्स

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC