site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाली कांग्रेसले भन्यो- डा. केसीको माग पूरा नभए उत्पन्‍न दुर्घटनाको जिम्मेवारी सरकार हुन्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभए उत्पन्‍न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।

डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनशन बसेको २२ दिन पुग्दा पनि वार्ताका लागि तयार नभएको सरकारले भोलि निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाइ छ । प्रवक्ता विश्वप्रकाश शर्माले समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्‍न हुने दुस्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने उनले बताए । अनशनको २२ दिन पुग्दा पनि सरकारले वार्तासमेत सुरु नगर्दा लोकतान्त्रिक आवरणभित्र कम्युनिस्टतन्त्र जागृत भइरहेको शर्माले बताए । अधिनायकवादी आकांक्षा राखेर अगाडी बढेको सरकारले केसीका मागहरु सुनुवाइ गर्न ढिलाइ गरिरहेको उनले बताए । 

नेपाली कांग्रेसको सरकारले गरेका निर्णयहरु उल्ट्याउँदा अहिलेको अवस्था आएको उनले बताए । कांग्रेसले शुल्क समायोजन, अध्यादेशमार्फत ७५ प्रतिशत छात्रवृत्ति, काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ मेडिकल कलेजलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरे पनि सरकारले सबै निर्णय उल्ट्याउँदा अहिलेको अवस्था आएको प्रवक्ता शर्माले बताए । आइतबारै कांग्रेस सभापति शेरबहादुर देउवाले डा. केसीका माग पूरा गर्न सरकारलाई अपिल गरेका छन् ।

Global Ime bank

-फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC