site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 उक्तभोक्ता मुद्रास्फितिको वार्षिक वृद्धिदर ३.४९ प्रतिशत
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुल्यवृद्धि वार्षिक वृद्धिदर घटेको छ । आर्थिक वर्षको पहिलो महिनामा साउनमा वार्षिक बिन्दुगत मुद्रास्फिति ३.४९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्ता मुद्रास्फिति ६.९५  प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनासम्मको मुलुकको वित्तीय तथा आर्थिक स्थितिको प्रतिवेदनमा मुद्रस्फिति घटेको देखिन्छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ५.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति २.०४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 

२०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्य वृद्धि उच्च रहेको छ । यस अवधिमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेको  केन्द्रीय बैंकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निमार्ण सामग्रीको थोक मुल्य घट्यो  

चालु आर्थिक वर्षमा निमर्ण सामाग्रिको मुल्य २.३३ प्रतिशते घटेको केन्द्रीय बैंकलले जनाएको छ । गत वर्षको साउनको तुलनमा यो वर्षको साउनमा उपभोक्ता मुद्रास्फितिसँगै थोक मुद्रास्फितिको वृद्धिदर पनि घटेको छ । थोक मुद्रास्फितिको वृद्धिदर मात्रै घटेकोमा निमार्ण सामाग्रिको भने थोक मुल्य नै घटेको छ ।

Global Ime bank

कोभिडका कारणले निमार्ण क्षेत्र अवरुद्ध हुँदा माग घटेको जसले गर्दा निमार्ण सामग्रीको मुल्य घटेको नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन् ।  अर्कोतर्फ नेपालमा नै निमर्ण सामग्रीमध्येको प्रमुख वस्तु सिमेन्टको उत्पादन बढ्दै गएको अवस्थामा लकडाउनले गर्दा माग स्लो-डाउन भएको तर उत्पादन बढ्दा मागको तुलनामा आपुर्ति बढी भएकोले पनि निमार्ण सामाग्रिको मुल्य घटेको उनको भनाई छ । 

केन्द्रीय बैंकको अनुसार २०७७ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फिति ७.३३ प्रतिशत रहेको छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फिति ८.२६ प्रतिशत रहेको थियो ।

यस अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४४ प्रतिशत, ८.१० प्रतिशत र २.६३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । तर  निर्माण सामग्रीको थोक मूल्य भने २.३३ प्रतिशतले घटेको छ ।

कुन क्षेत्रमा कति मुद्रास्फिति ?

यस अवधिमा सबैभन्दा कम मुल्यवृद्धि पहाडी क्षेत्रमा रहेको राष्ट्र बैंकको तथ्याङकमा देखिन्छ । २०७७ साउनमा  काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फिति रहेको छ  केन्द्रीय बैंकले जनाउको छ । 

२०७६ साउनमा सबैभन्दा कम मुद्रास्फिति हिमाली क्षेत्रमा रहेको थियो । २०७६ साउनमा  काठमाडौं  उपत्यकामा ८.६३ प्रतिशत, तराईमा ६.४६ प्रतिशत, पहाडमा ६.०० प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फिति रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC