site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पर्यटन मन्त्रालयले शनिबार र आइतबार बिदाको प्रस्ताव गर्‍यो, अध्ययन गर्न कार्यदल
Sarbottam CementSarbottam Cement

काठमाडौं । पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सातामा दुई दिन बिदा दिनेगरी कार्ययोजना तयार पार्न कार्यदल गठन गरेको छ ।

कोरोना सङ्क्रमणले पर्यटन क्षेत्र थिल्थिल्याएका बेला मन्त्रालयले सातामा दुई दिन बिदा दिएर उकास्न गृहकार्य थालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बाह्रखरीलाई जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“पर्यटन क्षेत्रलाई उकास्न, आन्तरिक पर्यटन प्रबद्र्धन गर्न के गर्दा हुन्छ भनेर हामीले अध्ययन गरिरहेका छौं,” भट्टराईले बाह्रखरीसँग भने, “सातामा दुई दिन बिदा दिँदा आन्तरिक पर्यटन प्रबद्र्धनमा कत्तिको सकारात्मक प्रभाव पार्छ भनेर बुझ्दै छौं ।”

भट्टराईले साता दुई दिन बिदा दिँदा सरकारी कार्यालयहरूको कति खर्च कटौती हुन्छ, व्यवभार घट्छ भनेर अध्ययन गर्न प्रशासन महाशाखाका सहसचिव तथा मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईको संयोजकत्वमा समिति गठन गरेको उनको भनाइ  छ । सदस्यहरूमा पर्यटन महाशाखाका सहसचिव प्रदीप कोइराला सदस्य, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी छन् । प्रतिवेदन बुझाउन समितिलाई दुई महिनाको कार्यअवधि दिइएको मन्त्रीले जानकारी दिए ।

Global Ime bank

समितिले गृह, अर्थ, संघीय मामिला ताथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल, परामर्श गरेर कार्ययोजना तयार पार्ने भट्टराईको भनाइ थियो ।

“विदेशतिर पनि यही अभ्यास छ । मानिसहरू शनिबार र आइतबार बिदामा बस्छन्, प्रशासनिक खर्च कम हुन्छ । घुम्ने, पर्यटन प्रबद्र्धन गर्ने संस्कृतिको विकास हुन्छ,” उनको भनाइ थियो, “त्यसो नगरी यहाँको आन्तरिक पर्यटन प्रबद्र्धन हुँदैन । हाम्रो पर्यटन बजार थाम्ने भनेकै आन्तरिक पर्यटनले हो ।” मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन विस्तृत योजना बनाइरहेको छ । संगठित क्षेत्रलाई कसरी परिचालन गर्ने भनेर विस्तृत अध्ययन गरिने भट्टराईले जानकारी दिए ।
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC