site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
उपत्यकामा प्रत्येक ५ ट्राफिक प्रहरीमध्ये १ जनालाई कोरोना !
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा खटिएका प्रत्येक पाँचजना ट्राफिक प्रहरीमध्ये एक जनालाई कोरोना संक्रमण रहेको पाइएको छ । पीसीआर परिक्षण र संक्रमितको संख्याको दरका आधारमा प्रत्येक पाँचजना ट्राफिक प्रहरीमध्ये एकजनामा कोरोना संक्रमण रहेको पाइएको हो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यकामा १४ सय ४५ ट्राफिक प्रहरी कार्यरत छन् । जसमध्ये हालसम्म ११८९ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी हेर्दा प्रतिशतमा झन्‍डै १८ प्रतिशतलाई कोरोना देखिएको छ भने प्रत्येक ५ जनामध्ये एकजना संक्रमित रहेको तथ्याङ्‍कले देखाउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर संक्रमितमध्ये १८६ जना डिस्चार्ज भइसकेका छन् । महानगरीय ट्राफिक महाशाखाअन्तर्गत उपत्यकाका तीन जिल्ला पर्छन् ।

जसमध्ये कोटेश्‍वर, महाशाखामै, महाराजगन्ज, थापाथलीलगायत दर्जनौं स्थानमा ट्राफिक प्रहरीमा कोरोना संक्रमण पाइएको थियो । पछिल्लो समय उपत्यकामा खटिएका प्रहरीमा संक्रमणको दर बढ्दो क्रममा छ ।

Global Ime bank

संक्रमण निको भएकाहरुलाई ७ दिनको आरामपछि कार्य क्षेत्रमा खटाइँदै आएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले बताए । जनतासँग प्रत्यक्ष सम्पर्क हुने भएकाले ट्राफिक प्रहरी कोरोनाको उच्च जोखिममा परेका हुन् । सवारी जाँच, काठमाडौंका बेला-बेला हुने प्रर्दशनका क्रममा समेत ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा खटिनुपर्ने हुन्छ । यस्तोमा उनीहरु जोखिममा परेका हुन् ।

एसएसपी ढकालले भने, “६० जनाले संक्रमण जितेर एक साताको आरामपछि कार्यक्षेत्रमा काम सुरु गरिसकेका छन् । १८६ जना कोरोनामुक्त भएका छन् । केही उपचारमा छन् । कोरोनाको उच्च जोखिमका बीच पनि राज्य र जनताप्रतिको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरिरहेका छौं ।”

ट्राफिक प्रहरीको सक्रियता विगतको भन्दा बढाइएको उनी बताउँछन् । रातको समयमा पनि विभिन्न स्थानमा नियमित सवारी जाँचलाई निरन्तरता दिइएको ढकालको भनाइ छ । उपत्यकामा जोर-बिजोर सवारीको अनुगमन, सवारीभित्र यात्रु के-कति राखिएको छ लगायतका विषयमा समेत आफूहरु सक्रिय रहेको ढकाल बताउँछन् । ट्राफिकसहित गरेर बुधबारसम्म काठमाडौं उपत्यकामा ८ सय बढी प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । -फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement