काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दरुपयोग अनुसन्धान आयोगमा भइरहेका लापरबाहीको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन् ।
नेता पौडेलले अख्तियारमा भइरहेका लापरबाहीको छानबिन र पदाधिकारीहरुलाई जिम्मेवार बनाउन पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका हुन् ।
उनले शुक्रबार प्रेस विज्ञप्तिमार्फत् देशमा भइरहेका विभिन्न भ्रष्टाचारहरुको उदाहरण पेस गर्दै भनेका छन्, “तिनको तदारुकताका साथ छानविन गरेर दोषी उपर कारबाही चलाउने र राष्ट्रमा भइरहेका ब्रम्हलुट रोकने काममा अख्तियारको ढिलासुस्ती र चर्चामा छन् । तसर्थ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका यावत लापर्वाहीहरु उपर छानविन र त्यसका वर्तमान र पूर्वपदाधिकारी सदस्यहरुलाई जिम्मेवार बनाउन एक जना पूर्व न्यायाधीशको अध्यक्षतामा सबैको भरोसायोग्य उच्चस्तरीय छानविन आयोग गठन गरियोस् भन्ने माग गर्दछु ।”