site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
नाटकको विकल्प प्रत्यक्ष नाटक !

काठमाडौं । रंगमञ्‍चको विशेषता भनेकै दर्शकसामु प्रत्यक्ष प्रस्तुत हुने हो । त्यो बन्द नाटकघरभित्र स्टेजमा मात्रै छाएको मधुरो प्रकाशमा रंगकर्मीहरूले कलात्मक र नाटकीय रुपमा पात्रअनुरुप भावना प्रस्तुत गरेको हेर्न दर्शक नाटकघरसम्म आउने गर्छन् ।

नाटकघर त्यस्तो शान्त ठाउँ हो, जहाँ पात्र दुखी हुँदा अन द स्पोट आँशु टिलपिल बगाएर नेपथ्यमा भावअनुरुपको मधुरो धुनले बन्द नाटकघर र उपस्थित दर्शक नै दुखी हुने अनि पात्र खुसी हुँदा जोडतोडको हाँसोले नाटकघर नै गुन्जिने गर्छ ।
तर कोरोना महामारीका कारण लामो समयदेखि रंगमञ्‍चले रंगकर्मी र दर्शकलाई प्रत्यक्ष जोड्न पाएको छैन ।

यसैकारण पछिल्लो समय हाम्रा रंगकर्मीहरू दर्शकसँग भर्चुअल संसारमा भए पनि जोडिन थालेका छन् । तर रंगकर्मीहरू भने नाटकको विकल्प प्रत्यक्ष नाटक नै भएको बताउँछन् ।

Dabur Nepal

“नाटक हेर्न दर्शक नाटकघरमै जानुपर्ने हुन्छ,” रंगकर्मी अशेष मल्ल भन्छन्, “यसको अरु विकल्प छैन । किनभने यो अरु विधामा जस्तो भर्चुअल गर्छु भनेर सम्भव नै छैन । मल्लले नाटकलाई (लाइभली आर्ट) को उपमा दिएका छन् । अहिले हामीले रंगकमञ्‍च गएर दर्शकसँग प्रत्यक्ष जोड्न नसके पनि यो त्यसका लागि तयारीमा खर्चिने उत्तम समय भएको उनले बताए ।

“नाटक भनेको एकदिन र एक रातमा तयार हुने होइन । त्यसैले यो समयलाई लेख्‍न सक्नेहरूले लेखेर र लेख्‍न नसक्ने रंगकर्मीहरूले अध्ययन, अनुसन्धान र रिहर्सल गरेर आफूलाई तयार गर्न सक्छन्,” मल्लले बताए । भारतका आफ्ना रंगकर्मीसाथीहरू एक-अर्कासँग भर्चुअल छलफल, चिन्तन गरेर समग्र भारतको नाट्य क्षेत्रलाई भोलिको समयमा कसरी राम्रो बनाउने भन्‍ने तयार गरिरहेको भन्दै नेपालमा भने त्यो प्राक्टिस नभएको गुनासो उनी पोख्छन् ।

पहिलो चरणको लकडाउनको समयमा ‘थिएटर मल कीर्तिपुर’ ले रंगमञ्‍चलाई नै आधार बनाएर भर्चुअल रुपमा विभिन्‍न कार्यक्रम आयोजना गर्‍यो । ‘शिल्पी थिएटर’ ले पनि बाहिर निस्किएर खबरदारी कार्यक्रम र हालै जुममार्फत दुई रंगकर्मीको उपस्थितमा भर्चुअल नाटक प्रस्तुत गर्‍यो भने ‘शैली थिएटर’ ले पनि भर्चुअल रुममै ‘शैली संवाद’ गरिरहेको छ ।

शिल्पीका संस्थापक तथा रंगकर्मी/निर्देशक घिमिरे युवराज यसलाई क्षणिक विकल्पका रुपमा मात्रै लिन्छन् । घिमिरे पनि नाटक (लाइभ) प्रस्तुति नै भएको स्विकार्छन् । तर यति भनिरहँदा यति लामो समय हातमा हात बाँधेर बस्‍नुभन्दा क्षणिक विकल्पलाई नै आत्मसात् गर्दा उचित हुने उनी सुझाउँछन् ।

“नाटक प्रत्यक्ष गर्नुबाहेक अरु विकल्प त छैन । तर पनि थिएटरको मर्म नमारी हामीले अरु प्राक्टिस गर्न सक्छौं,” उनले भने । तर यो परिस्थितिमा नाटकलाई ज्ञान र जनचेतना जगाउने उद्देश्यले परिचालन गर्न सकिने र गर्न जरुरी भएको उनले महसुस गरेका छन् ।

“नाटकघरहरू बन्द भएको महिनौं बितिसक्यो, कति रंगकर्मीहरू आ-आफ्नो घर गइसके । रंगकर्मीहरूलाई सूचना प्रवाह गर्न परिचालन गर्ने यो राम्रो समय हो । सरकारले र एनजीओ, आईएनजीओहरूले अहिले यसमा खर्च गरेर यो परिस्थितिका कारण हिंसामा परेका, डिप्रेसनमा परेकाहरूलाई मनोरञ्‍जनका साथै जनचेतना फैलाउन सक्छन्,” उनी सुझाउँछन् ।

केही संस्थाले अहिले रेडियो नाटकमार्फत भए पनि केही हदसम्म दर्शकलाई सुसूचित बनाउने र केही रंगकर्मीहरूलाई आफ्नो कर्ममा सक्रिय बनाइरहेको कार्यको उनले सराहना पनि गरेका छन् । 

रंगकर्मी सुनील पोखरेल भर्चुअल नाटकलाई टेलिभिजन श्रृङ्खलासँग तुलना गर्छन् । “मलाई नाटक भनेको लाइभ पफर्मेन्स मन पर्छ । किनभने नाटकको इसेन्स भनेको नै लाइभ प्रस्तुति हो । भर्चुअल रुपमा नाटक हेर्ने हो भने त्यो टेलिश्रृङ्खला हेरेको जस्तो भइहाल्यो नि,” उनी भन्छन् ।

उनका अनुसार भर्चुअल नाटकले रंगकमञ्‍चको सही अर्थ र मर्मलाई समेट्दैन । त्यसैले अरु रंगकर्मीजस्तो पोखरेल पनि नाटकको विकल्प प्रत्यक्ष नाटकबाहेक अरु नहुने बताउँछन् । यद्यपि उनी पछिल्लो समय भर्चुअल रुपमा थिएटरहरूले गरिररहेको कार्यको तारिफ पनि गर्छन् । “यो भनेको केही नहुनुभन्दा यो किन नगर्ने त भनेर आफूलाई र दर्शकलाई इङ्‍गेज बनाउन गरेको हो, यसलाई पनि हामीले नराम्रो त भन्‍न मिल्दैन ।”

तर उनी आफू भने सामान्य स्थिति भएर दर्शलाई नै कुर्ने बताउँछन् । स्थिति सामान्य भइहाले पनि बन्द नाट्यशालामा नाटक प्रस्तुति सम्भव नहुने भएकाले बरु खुला ठाउँमा पहिलेको जस्तै प्रदर्शन गर्ने विकल्प भने हुन सक्ने पोखरेल सुझाउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro