site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कोरोना कहर : हिमालयन आर्ट फेस्टिभल २०२० स्थगित
Sarbottam CementSarbottam Cement

काठमाडौं । विगत तीन वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको ‘हिमालयन आर्ट महोत्सव’ यो वर्ष आयोजना नहुने भएको छ । आयोजक टिम ई-आर्टस नेपालले प्रेस विज्ञप्ती जारी गर्दै ‘हिमालयन कला महोत्व २०२०’ आयोजना नहुने जानकारी दिएको हो । 

कोरोना महामारीका कारण यस वर्ष उक्त कला प्रदर्र्शनीको आयोजना गर्न नपाएको आयोजक टिम अत्यन्तै निराश भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । यद्यपि अर्को वर्ष स्थिती सामान्य हुनेमा आयोजक टिम आशावादि रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कलाको हरेक विधाका उत्कृष्ट संग्रह समेट्ने उद्देश्यका साथ सन् २०१७ मा यो महोत्सवको आयोजना गरिएको हो । जहाँ १५० जना भन्दा बढि कलाकारहरुको पेन्टिङ, पौवा, मूर्तिकला, इनस्टलेसन, फोटोग्राफ, प्रिन्टमेकिङ, सेरमिक कला महोत्सवमा प्रदर्शनीका लागि राखिने गर्दथे । 

पाँच दिनसम्म चल्ने उक्त कला महोत्सवमा कला प्रदर्शनीका साथै लाइभ सांगीतिक प्रस्तुती, प्यानल डिसकसन, किड्स आर्ट एजुकेसन र थिएटर तथा कत्थक नृत्यहरु पनि देखाइने गर्दथ्यो । 
आयोजकका अनुसार यो महोत्सवले नेपाली कलाकार र आन्तरिक कलेक्टर तथा ग्राहकका लागि थलो प्रदान गर्ने गरेको छ । 

Global Ime bank

ई-आर्टस नेपाल नेपाली कलाकार र कलालाई विश्व बजारमा पुर्‍याउने हेतूले सन् २०१० मा स्थापना भएको अनलाईन ग्यालरी हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC