site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अन्योलबीच पनि बढ्यो नेप्से, २ अर्ब माथिको कारोबार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से बढेको छ । नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएको भन्दै करिब साढे २ घण्टा कारोबार अवरुद्ध भए पनि नियमित समयभन्दा द्ई घण्टा ढिलासम्म खुलेको सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । 

प्रि ओपानिङ सेसनमा ५ अंकभन्दा बढीले बढेको नेप्से  बजार खुलेसँगै केही तल झर्ने संकेत गरेपनि खरिद चाप बढ्दा बजार उकालो लोगेको हो । १ बजे खुलेको नेप्सेमा सरुवातबाट नै कारोबारमा समस्या भएको ब्रोकहरुहरु बताउँछन् । तर करिब १२ बजेतिर पनि ब्रोकरले अर्डर हाल्न नमिलेको भन्दै नेप्सेले कारोबार रोकेको थियो । २ बजेर १५ मिनेट जाँदा समस्या समाधन भयो भन्दै ५ बजेसम्म बजार खोल्ने सूचना नेप्सेले वेबसाइटमा राखेको थियो । 

सवा दुई बजेपछि कारोबार पुन: सुचारु भएको बजारमा नेप्से बढ्ने क्रमले निरन्तरता पायो । २ बजेर ५० मिनेट जाँदा बिहीबारको उच्च बिन्दु १५३२.५६ अंक सम्म पुगेको नेप्से ३ बजेर १० मिनेटमा नै पुन: १५१५ अंकसम्म झरेको थियो । त्यसपछि सामान्य उकालो लागेर १२.४९ अंकले वृद्धि हुँदा १५२०.६९ अंकमा पुगेर यो साताको लागि सेयर बजार बन्द भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या देखिँदा सेयर लगानीकर्तामा पनि दिनभर जस्तो अन्योलता देखिएको थियो । जसले गर्दा बिहिबार बुधबारको तुलनामा कारोबार रकम पनि घटेको छ । बुधबार साढे २ अर्बभन्दा बढीको कारोबार भएको सेयर बजारमा बिहीबार १८९ कम्पनीको ४२ लाख ६२ हजार ६९८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १७ करोड ६८ हजार रुपैयाँका कारोबार भएको छ । 

Global Ime bank

कारोबार रकममा बिहीबार पनि नेपाल पुनर्बिमा कम्पनीले नेतृत्व गरेको छ । बजारमा कम्पनीको १७ करोड २१ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीलाई पछ्याउँदै  नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेनस, सुर्या लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले साथ दिएका छन् । 

यता बिहीबार राष्ट्रिय बिमा कम्पनी, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस्तै सवार्धिक कमाउने शीर्ष ५ कम्पनीमा एनआरएन लघुवित्त र एभरेष्ट इन्स्योरेन्स पनि अटाएका छन् । बुधबार पनि पोजेटिभ सर्किट लागेको राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्यमा आज पनि पोजेटिभ सर्किट लागेको छ । 

यस्तै  तिव्र उतारतढाव देखिँदै आएको एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्यमा आज पुन पोजेटिभ सर्किट लागेको छ । भदौ १० गते नेप्समा कारोबार सुरु भएयता कम्पनीको सेयर मूल्यमा लगातर सर्किट लाग्दै आएको छ । यो साता ४ दिन लगातार नेगेटिभ सर्किट लागेको कम्पनीको मुल्यमा आज पाँचौं दिन पोजेटिभ सर्किट लागेको हो । यस्तै  यहि साता नेप्सेमा सूचिकृत भएर कारोबार सुरु भएको रिलायन्स लाइफको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । 

नबिल इक्युटी फन्ड, आशा लघुवित्त, साल्ट ट्रेडिङ कम्पनी, युनियन हाइड्रोपावर र मल्टिपर्पस फाइनान्सका लगानीकर्ता सवार्धिक गुमाउने शीर्ष ५ मा परेको छन् । बिहीबार व्यापार, होटल र म्युचुअल फन्ड समूहको सूचक घटको छ भने त्यसबाहेकका समूहको सूचकमा हरियाली देखिएको छ । निर्जीवन बिमाको सूचक सर्वाधिक ३.९ प्रतिशतले वृद्धि हुँदा जीवन बिमा, लघुवित्त र उत्पादन समूहको सूचक क्रमश २.१९, १.३१ र १.०९ प्रतिशतले बढेको छ । यस्तै  बैंकिङ समूहको सूचक ०.३२ प्रतिशतले बढेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC