site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
ट्रायलमा सहभागी बिरामी परेपछि अक्सफोर्डको खोप परीक्षण रोकियो
Sarbottam CementSarbottam Cement

बीबीसी । कोरोनाविरुद्धको खोपका लागि अन्तिम चरणको ट्रायलमा रहेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनीको खोप परीक्षणमा सहभागी एकजनाले नकारात्मक प्रतिक्रिया देखाइ बिरामी परेपछि परीक्षण रोकिएको छ । 

अज्ञात कारणले बिरामी परेका एक बेलायती सहभागीका कारण परीक्षण केही समयका लागि रोकिएको कम्पनीले जनाएको छ । एस्ट्राजेनेका-अक्सफोर्ड युनिभर्सिटी खोपलाई विश्वव्यापी विकसित भइरहेका खोपमध्ये सबैभन्दा बलियो मानिँदै आएको थियो । त्यसैले पहिलो र दोस्रो चरणको सफल परीक्षणपछि यो खोप छिटै बजारमा ल्याउन सकिने सबैको अपेक्षा थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले भइरहेको अन्तिम चरणको ट्रायलमा अमेरिका, ब्राजिल, बेलायत र दक्षिण अफ्रिकाका ३० हजार मानिस सहभागी छन् । तर अचानक देखिएको समस्याका कारण अहिले सबै अन्तर्राष्ट्रिय ट्रायलहरू नजिकबाट निगरानी भइरहेको छ । यसको सुरक्षासम्बन्धी तथ्‍यांकबारे स्वतन्त्र अनुसन्धान गर्नुका साथै अब ट्रायल कहिले सुरु गर्ने भन्‍नेबारे पनि अध्ययनकर्ताहरूले छलफल गरिरहेको बीबीसीको मेडिकल फर्गन वाल्स रिपोर्टमा जनाइएको छ ।

घटनासम्बन्धी अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले भनेका छन्, “यस किसिमको ठूलो ट्रायलमा केही सहभागी बिरामी पर्नेजस्ता घटना हुने गर्छन् । तर यसको स्वतन्त्र रुपमा र सावधानीपूर्वक अध्ययन अनि जाँच गर्नुपर्ने हुन्छ ।”

Global Ime bank

अक्सफोर्डको खोप यसरी बीचमा रोकिएको यो दोस्रोपटक हो । मुख्य ट्रायलहरूमा कतिपय सहभागी अस्पताल भर्ना हुनुपर्ने अवस्था आउन सक्छ तर बिरामी हुनुको कारण तत्काल पत्ता नलाग्दा पूरै ट्रायल केही समयका लागि रोक्नुपर्ने हुन्छ ।

यससम्बन्धी खुलासा गर्ने पहिलो हेल्थ वेबसाइट, स्ट्याट न्युजले बिरामी भएका सहभागीले कस्तो प्रतिक्रिया देखाएको वा कुन अवस्थामा छन् भन्‍नेचाहिँ तत्काल स्पष्ट नभएको जनाएको छ तर स्रोतबाट पत्ता लागेअनुसार उनी छिटै ठीक हुने अपेक्षा गरिएको छ । त्यसैले ट्रायल केही दिनमै पुनः जारी हुन सक्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC