साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार दिउसो निर्माण युनिटले उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
तीन मिनेट लामो ट्रेलरमा हाँस्य कलाकार दिपकराज गिरी, शिबहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, किरण केसी, प्रियंका कार्की, बसुन्धरा भुषाल, बुद्धि तामाङ लगायतका हाँस्य कलाकार देखिन्छन् ।
निर्मल शर्मा निर्माता रहेको ‘छक्का पञ्जा’ दिपा श्री निरौलाले निर्देशन गरेकी छन् । ‘छ एकान छ’ र वडा नम्बर ६’ निर्माण गरेको पुरानै निर्माण पक्षले ‘छक्का पञ्जा’ पनि निर्माण गरेको हो ।
चलचित्र ‘छक्का पञ्जा’ले भदौ २४ गतेका लागि रिलिज डेट लिएको छ । चलचित्र ‘छक्का पञ्जा’ को गीत ‘देख न चम्पा सुनन चम्पा’ छोटो समयमा नै लोकप्रिय बनेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २५, २०७३ १८:२९
प्रतिक्रिया दिनुहोस्