site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

उपत्यकाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ले संसदीय समितिमा प्रकट गरेको धारणा सायद देश कसरी चलिरहेको छ भन्ने सटीक उदाहरण हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअले कोभिड—१९ को संक्रमण व्यवस्थापनका सम्बन्धमा प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिमा आइतबार फरकफरक धारणा व्यक्त गरे । मूलतः अहिलेको जस्तै निषेधाज्ञा जारी राख्ने कि नराख्ने विषयमा प्रजिअहरूबीच नै दुईमत देखियो । अहिले सरकारले कोभिड—१९ को व्यवस्थापनको जिम्मा स्थानीय प्रशासन र पालिकाहरूलाई सुम्पेको छ । यसमा पनि प्रशासकीय कारणले प्रजिअहरू बढी जिम्मेवार बनाइएका छन् । त्यसैले संसदीय समितिले पनि प्रजिअहरूसँग छलफल गरेको हुनुपर्छ । ललितपुरका प्रजिअले दसैंसम्मै निषेधाज्ञा जारी राख्नुपर्छ भनेका र काठमाडौंका प्रजिअले निषेधाज्ञाको वर्तमान शैलीमा पुनर्विचार गर्नुपर्ने धारणा प्रकट गरेको समाचार सार्वजनिक भएको छ । यसैगरी भक्तपुरकी प्रजिअको भने मानवीय समस्यामा सहजीकरण गर्ने र निषेधाज्ञा उल्लंघन गर्नेलाई कडा कारबाही गर्नुपर्ने धारणा रहेछ । प्रहरीभित्र भने अब जनताले निषेधाज्ञा धान्न सक्तैनन् भन्ने धारणा रहेछ ।

नेपालमा कोभिड—१९ को संक्रमणको विषयमा सरकारले गर्ने निर्णय सुरुदेखि नै जनहितबाट निर्देशित र तथ्यांकमा आधारित थिएन । सरकारले राजनीतिक दृष्टिकोणबाट हेरेर बन्दाबन्दी लागू गरेको थियो भने आर्थिक आधारमा त्यसलाई खुकुलो बनाइयो । जनहितका दृष्टिले तथ्यांकका आधारमा निर्णय हुन्थ्यो भने संक्रमणको संकेत नदेखिँदै बन्दाबन्दी लागू गर्ने र संक्रमण उकालो लागेका बेला खुकुलो बनाउने मूर्खता गरिने थिएन ।  महामारीसम्बन्धी ऐन प्रयोग गर्ने जिम्मेवारी त दिइएको भए पनि प्रमुख जिल्ला अधिकारीको मुख्य दायित्व शान्तिसुरक्षा हो संक्रमण नियन्त्रण होइन । अर्थ र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयसमेत हेर्ने प्रधानमन्त्री केपी ओलीले देशका उद्यमी व्यवसायीका प्रतिनिधिसँग अर्थतन्त्र गतिमान् गराउने सुझाव माग्न छलफल गरेका छन् । यस्ता संस्थामा ठूला उद्यमी व्यवसायी हुन्छन् र तिनका आफ्नै समस्या हुन्छन् । अर्थतन्त्रमा सडकमा व्यवसाय गर्नेलगायत साना व्यवसायीको पनि योगदान भने हुन्छ । विडम्बना, बन्दाबन्दी र निषेधाज्ञाका कारण छाक बसेको नाङ्गले व्यापारीको समस्याका तिनको ध्यान कहिल्यै जाँदैन । यसपटक पनि गएको देखिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

सडक, झाप्रा र एउटा कोठामा उद्यम, व्यापार गर्नेहरूको छाक बसेको धेरै भयो । अहिले त उनीहरू जसोतसो बाँचेका छन् । तिनका सन्तानको भविष्य उत्तिकै अनिश्चित भएको छ । दसैं आउन लागिसक्यो । अब असोज एक महिना बाँकी छ । दसैंमा केही कमाएर घर लैजानै पर्ने श्रमिकको बाध्यता सरकारले बुझ्नुपर्छ । अर्कोतिर, दसैंमा उनीहरूसँगै गाउँघरमा कोभिड—१९ पनि नजाओस् भनेर उत्तिकै सचेत र सावधान हुनु पनि जरुरी हुन्छ । यथास्थितिमा बन्दाबन्दीबाट संक्रमणको कडी पूरै टुटाउन नसकिने पुष्टि भइसकेको छ । अबको उपाय त सकेसम्म सुरक्षित रहन नागरिकलाई सचेत बनाएर दिनचर्या सुरु गर्नु नै हो । दसैंका घर जानेहरूका लागि सार्वजनिक यातायात सञ्चालन गर्न ढिलो भइसकेको छ । सुरक्षितरूपमा यातायात सञ्चालन गर्ने अभ्यासकै लागि पनि असोज १ गतेबाट सार्वजनिक यातायात सेवा चलाउनु उचित हुनेछ । नत्र, दसैमा हुने भिडभाडका कारण संक्रमण नियन्त्रणको अहिलेसम्मको सबै प्रयास खेर जानेछ ।  

दसैंमा घर जानेआउनेहरूका लागि सार्वजनिक यातायात सञ्चालन गर्दा कोभिड - १९ को मापदण्ड पूरा गर्नुपर्दा भाडा धेरै महँगो हुनसक्छ । महिनाैं बन्दाबन्दीमा राखिएका जनताका लागि त्यो ठूलै समस्या बन्न सक्छ । अर्कातिर, सरकारले यात्रुको टिकटअनुसार अनुदान दिने र जानेआउनेको अभिलेख राख्ने हो भने सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ) का लागि पनि सहज हुने देखिन्छ । साथै अहिले उपत्यकामात्र नेपाल भएजस्तो सरकारले ठानेको छ । यसो नगरी उपत्यका आउनेजाने दुवैथरीको अभिलेख राख्नुपर्छ तर भेदभाव गर्नु हुँदैन । कम्तीमा असोज पन्ध्रदेखि आवागमन निर्बाध रूपमा सञ्चालन हुनुपर्छ । यसका लागि असोज १ देखि सडक र साना पसलहरू खुल्ल्न दिने व्यवस्था मिलाइयोस् । यस्ता सबै काममा सामाजिक संघसंस्था र स्वयंसेवीसँग सहकार्य गर्न पनि सिके र सके सरकारलाई नै धेरै सहज हुनेछ । अब काठमाडौंका प्रजिअले भनेजस्तै कोरोनासँग सँगै बाँच्न सिक्नुपर्छ । नत्र, बहुसंख्यक जनताको अवस्था मर्नु न बाँच्नु भनेजस्तै हुनेछ । कम्तीमा छाकै बसेकाहरूको आर्तनाद त सुन !
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC