site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लकडाउनको मोडालिटी परिवर्तन गर्न व्यवसायीको माग
Sarbottam CementSarbottam Cement

दाङ । लकडाउनले मात्र समस्याको समाधान नहुने भन्दै व्यवसायीहरुले यसको मोडालिटी परिवर्तन गर्न माग गरेका छन् । लामो समयदेखि लकडाउन भए पनि समस्या समाधान नभएको भन्दै दाङका  व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको जुम मिटिङमा उनीहरुले यस्तो बताएका हुन् । नेपाल उद्योग वाणिज्य संघका प्रदेश ५ का उपाध्यक्ष हेमराज बन्जाडेले कोरोनाको कारण निजी क्षेत्र धेरै समस्यामा परेको बताए । कोरोना देखिएको स्थानमा लकडाउन गर्ने र अन्य स्थानमा खुला बनाउनुपर्ने उनको माग छ । लकडाउन मात्र थप्‍दै गएर नहुने उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले निजी क्षेत्र समस्यै समस्यामा रहेको बताए । उनले  राज्यबाट निजी क्षेत्रले सहयोग नपाएको पनि बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरवहादुर रावत (विरु) ले लकडाउनले पर्यटन, यातायात क्षेत्रमा बढी समस्या पुर्‍याएको बताए । निजी क्षेत्र धेरै समस्या भोग्दै अगाडि बढेको उनले धारणा थियो । नेपालीहरुका महान् पर्वहरु नजिकिँदै गएको र चाडपर्वमा खाद्यान्‍न अभाव हुन नदिन सबैसँग सहकार्य गरी अगाडि बढनुपर्ने बताए ।

Global Ime bank

राप्ती उद्योग वाणिज्य संघका जगत पोख्रेलले काम गरेर खाने वातावरण निर्माण गरिनुपर्ने बताए । लामो समयको बन्दका कारण अहिले भोकले मर्ने अवस्था आएको उनको भनाइ थियो । गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले लकडाउन मात्र समाधानको उपाय नभएको भन्दै यसलाई परिवर्तन गरिनुपर्ने सुझाए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC