site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाविरुद्धको खोप विकास र वितरणको विश्वव्यापी प्रयासमा अमेरिका सहभागी नहुने
Ghorahi CementGhorahi Cement

वासिङ्टन । विश्वभर कोरोना भाइरसको संक्रमणविरुद्धका विभिन्‍न खोपको खोजी तथा विकासको काम तीव्र बनाइएको छ । यसका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अगुवाइमा हुन लागेको कोरोनाविरुद्धको खोपको खोजी, उत्पादन र समान वितरणको विश्वव्यापी प्रयासमा अमेरिका सहभागी नहुने भएको हो । 

विश्व स्वास्थ्य संगठन भएकै कारण अमेरिका कोरोनाविरुद्धको खोप विकास र वितरणको विश्वव्यापी प्रयासमा अमेरिका सहभागी नहुने ट्रम्प प्रशासनले जनाएको छ । कोभिड-१९ खोपको विश्वव्यापी पहुँच स्थापित गर्ने यस अभियानमा १७० भन्दा बढी मुलुक सहभागी हुने भएका छन् । वासिङ्टन पोस्टका अनुसार यस अभियानले खोपको विकासमा तीव्रता दिने, सबै मुलुकलाई खोपमा पहुँच पुर्‍याउने र उच्‍च जोखिम भएका जनसंख्यालाई प्राथमिकताका आधारमा वितरण गर्ने लक्ष्य लिएको छ । 

डब्लूएचओको सह-नेतृत्व, इपिडेमिक प्रिपेयर्डनेस इनोभेसन एन्ड गाभी, खोप गठबन्धनको सहभागिता रहने यस योजनामा जापान, जर्मनी र युरोपियनसहित अमेरिकी समर्थक राष्ट्रहरु सहभागी हुने भएका छन् । यसमा ट्रम्प प्रशासनका केही सदस्यहरुको रुचि भए पनि ह्‍वाइट हाउसले डब्लूएचओसँग काम गर्न इच्छुक नभएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि डब्लूएचओको चर्को आलोचना गर्दै महामारी नियन्त्रणमा चीन केन्द्रित भएको आरोपसमेत लगाएका थिए । 

Agni Group

राष्ट्रपति ट्रम्पले डब्लूएचओ चीनको ‘कठपुतली’ बनेको आरोप लगाउँदै आएका छन् । ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणमा डब्लूएचओ असफल भएको आरोप लगाए पनि उनकै प्रशासनमाथि महामारीविरुद्ध प्रभावकारी काम गर्न नसकेको अभियोग छ । संयुक्त राज्यले भाइरसलाई परास्त गर्न अन्तर्राष्ट्रिय साझेदारहरुसँग मिलेर काम गर्नेछ । तर, हामी भ्रष्ट विश्व स्वास्थ्य संगठन र चीनबाट प्रभावित बहुपक्षीय संगठनहरुसँग काम गर्न सक्दैनौं ।"

यसअघि कुनै जानकारी नगराइएको कोभ्याक्सको निर्णयले ट्रम्प प्रशासनले संयुक्त राज्यले खोप दौड जित्‍ने दाबीलाई दुई गुणा प्रभावित पार्नेछ । जर्जटाउन विश्वविद्यालयका ग्लोबल हेल्थ लका प्रोफेसर लरेन्स गोस्टिनले भने, "अमेरिकाले खोपको विकासमा एक्लै जाने रणनीतिले ठूलो जुवाका खालमा पुर्‍याउनेछ ।" 

Global Ime bank

कति खोप कुन चरणमा ? 
हालसम्म विश्‍वभर कोरोनाविरुद्धको लडाइँमा करिब २०० भन्दा खोप परीक्षणको विभिन्‍न चरणमा छन् । जसअनुसार करिब १७० भन्दा बढी वटा खोप 'प्रि-क्लिनिकल ट्रायल' को चरणमा छन् । यी खोपहरु विभिन्‍न जनावरमा परीक्षणको चरणमा छन् । 

त्यसैगरी मानव परीक्षणको दोस्रो चरणमा ७ वटा खोप छन् । यी खोप स्वस्थ युवामा परीक्षण भइरहेका छन् । यस चरणमा कति सुरक्षति हुन्छन् र कुन डोजसम्मले कस्तो प्रतिक्रिया दिन्छ भन्‍ने विषयमा अध्ययन भइरहेको छ । 

त्यसैगरी १२ वटा खोपहरु मानव परीक्षणको दोस्रो चरणमा रहेका छन् । अलि ठूलो मासमा र कोरोनाको उच्च जोखिम भएका मानिसहरुमा यो खोपको परीक्षण भइरहेको छ । 

हालसम्म तेस्रो चरणमा विश्वभर ७ वटा खोप मात्र पुगेका छन् । तेस्रो चरणमा रहेका खोपहरु हजारौं मानिसमा परीक्षण गर्नुपर्ने हुन्छ । यस चरणमा खोप कति सुरक्षति र प्रभावकारी छ भन्‍ने विषयको अध्ययन भइरहेको छ । 

आजसम्म विश्वका कुनै पनि खोपले औपचारिक मान्यता पाएका छैनन् । यद्यपि रुसले भने आफूले कोरोनाविरुद्धको खोप बनाएको दाबी गरेको थियो । 

संयुक्त राज्य अमेरिकामा विकास भइरहेको मोर्डेना खोप २०२१ जनवरीसम्म पूर्ण विकास भइसक्ने गरी काम भइरहेको जनाइएको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले खोप विकासको कुनै पनि चरण छोड्न नहुने र तेस्रो चरणमा बृहत् परीक्षण गर्नुपर्ने जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने कोरोना नियन्त्रणमा भएका कमजोरी र त्यसपछिका आएका आलोचनालाई मत्थर पार्न खोप विकासमा तीव्रता दिन आग्रह गरिरहेका छन् । जनवरीसम्म यो खोप विकास भएमा विश्वकै तीव्र गतिमा र छोटो अवधिमा विकास भएको खोप मानिनेछ । यसअघि सबैभन्दा चाँडो दादुराविरुद्धको खोप चार वर्षका विकास भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC