site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा आँधीका कारण हजारौँ उडान रद्द
तस्बिर : एएफपी ।

सान फ्रान्सिस्को । संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजारभन्दा बढी उडान रद्द भएको छ ।

डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवे दुई घण्टाभन्दा बढी समयका निम्ति बन्द गरिएको जनाएको छ । डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो ।

डलास–फोर्ट वर्थ (टेक्सास) र शार्लोट डगलस (उत्तरी क्यारोलिना)मा पनि उडानहरू प्रतिकूल मौसमबाट प्रभावित भयो । फ्लाइटअवेयरका अनुसार, दुवै एयरपोर्टमा एक हजार २०० भन्दा बढी उडान रद्द गरियो ।

अमेरिका यो हप्ताको सुरुमा आँधीको चपेटामा परेको थियो । यहाँ कम्तीमा पाँचजनाको ज्यान गएको र सयौँ उडान रद्द भएको थियो ।

केही ठाउँमा तापक्रम शून्य डिग्री फरेनहाइट (–१८ डिग्री सेल्सियस)भन्दा तल झर्‍यो र हजारौँ मानिस बिजुलीविहीन भए । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro