site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मकवानपुरमा स्कार्पियो र कार ठोक्किँदा दुईजनाको मृत्यु, १२ घाइते
Tiktok banner adTiktok banner ad

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, डिपार्टस्थित सडकमा शनिबार स्कार्पियो र कार आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६च ८३२४ नम्बरको कार एकापसमा ठोक्किएका थिए । कारका चालक हेटौँडा उपमहाननगरपालिका–४, स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र त्यसमै सवार चितवनको राप्ती नगरपालिका–२, गड्यौलीका ५० वर्षीया सुनिता श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कारचालकको उपचारका क्रममा चितवन अस्पताल र नयाँ मेडिकल कलेजमा श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा राप्ती–२, गड्यौलीका ५५ वर्षीय ओमकुमार श्रेष्ठ, सोही ठाउँका २१ वर्षीया सुमिना श्रेष्ठ, स्कार्पियोमा सवार पर्साको वीरगन्ज महानगरपालिका–२, छपकैयाका २६ वर्षीया पूजादेवी साह, निजकी छोरी आठ वर्षीया प्रियान्सी साह, सोही ठाउँका २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशाकुमारी साह, १५ वर्षीय ओमशंकर साह, १९ वर्षीय राजीवकुमार साह, १९ वर्षीया आरतीकुमारी साह, चार वर्षीया दिव्याकुमारी साह, १६ वर्षीया सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा घाइते भएका प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

घाइते सबैको उपचार इलाइभ अस्पताल चितवनमा भइरहेको छ । स्कार्पियोका चालक भने फरार छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro