site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालले माग्यो बंगलादेशसँग ५० हजार टन यूरिया मल पैँचो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले बंगलादेशसँग ५० हजार टन यूरिया मल औपचारिकरुपमै  पैँचो मागेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन यूनिया मल पठाइदिन आग्रह गरेका हुन् ।  यो सिजनको लागि करिब १ लाख ५० हजार टन यूरिया मल आवश्यक पर्ने र नपुग ५० हजार टन बंगलादेशसँग पैँचोमा मागिएको कृषी मन्त्री धनश्याम भुसालले बताए । 

“बंगलादेशको यूरिया मल बेच्ने नीति छैन । मागेको पैँचो नै हो । तर, उच्च स्तरको राजनीतिक तहमा कुरा हुनुपर्ने भएकाले आज प्रधानमन्त्रीज्यूले कुराकानी गर्नुभएको हो,” उनले भने ।

मन्त्री भुसालले केही समय अगाडि नै बंगलादेशसँग मल सापटी लिने विषयमा छलफल गरेका थिए । पछिल्लोपटक बंगलादेश सकारात्मक भएपछि प्रधानमन्त्रीस्तरमा कुराकानी भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

गहुँ, तरकारी र तोरी रोप्ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसँग यूरिया मल सापटी मागेको हो । प्रधानमन्त्री ओलीले पनि बंगलादेशी समकक्षीसँग टेलिफोन वार्ता भएको र यूरिया मल सहयोग गर्न भनेको ट्विटमा उल्लेख गरेका छन् । 

सरकारले ५० हजार टन यूरिया मागेको मन्त्री भुसालले बताए । “हामीलाई १ लाख ५० हजार टन जति आवश्यक पर्ने अनुमान छ,” उनले बाह्रखरीसँग भने, “बाँकी १ लाख टन अन्य विकल्पबाट संकलन गर्छौँ ।” 

Global Ime bank

बंगलादेशले पनि केही उत्पादन गर्ने र केही अन्य मुलुकबाट आयात गर्ने गरेको मन्त्री भुसालले बताए । 

मन्त्री भुसालका अनुसार अहिले हामीसँग कत्ति पनि यूरिया मल छैन । 

“आएकोजति बाँडिदै छ । पछिल्लोपटक हरेक २ दिनमा २५ सय मेट्रिक टन आउँछ, त्यो बाँडिहाल्ने गरेका छौं । अहिले कत्ति पनि छैन,” उनले भने । 

यो परिमाणको यूरिया मल बंगलादेशबाट २० वटा ट्रेनमा ल्याउनुपर्छ । बंगलादेशले २ महिनाभित्र नेपाल पुर्‍याइदिने भनेको मन्त्री भुसालले बताए । 

यो मल आएपछि सहज रुपमा किसानले यूरिया मल पाउँछन् त भन्ने प्रश्नमा मन्त्री भुसालले भने, “एक साता, १० दिनसम्म जटिलै रहन्छ । विभिन्न ठाउँमा थोरै–थोरै हुँदै जान्छ । हप्ता दश दिनदेखि क्रमशः पुग्दै जान्छ र त्यसपछि ठाउँमा आउँछौं ।” 

उनले अहिले हरेक २–२ दिनमा आएको मल बाँडिराखेको बताए । “तर, बीचमा अभाव रह्यो । अझै पनि १० दिनसम्म अप्ठ्यारो हुन्छ । त्यसपछि हामी निरन्तर नै दिन्छौं,” उनले भने । 

मन्त्री भुसालका अनुसार बंगलादेशबाट ल्याइने ५० हजार टन यूरिया मल बंगलादेशलाई दिन सोहीअनुसार टेण्डर निकाल्नेछ । “हामीले टेण्डर निकाल्दा बंगलादेश भुक्तान गर्नेगरी निकाल्छौं । ल्याउने ठेकेदारले नै उहीँ पुर्‍याउने व्यवस्था गर्छौँ,” उनले भने ।  

मन्त्रालय स्रोतका अनुसार नेपालमा रासायनिक मल भित्र्याउन ठेक्का पाएर पनि मल नल्याएका नेपाली ठेकेदारलाई क्षतिपूर्ति र भविष्यमासमेत अयोग्य हुनेगरी कारबाहीको तयारी गरिरहेको छ । 

५० हजार मेट्रिक टन मल ल्याउने सम्झौता ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपलले गरेका थिए । उक्त सम्झौताको म्याद भदौ २० गतेसम्म रहेको र त्यसपछि मल नल्याएपछि कारवाहीको प्रक्रिया अगाडि बढाउने मन्त्रालय स्रोतले भनेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC