site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतको कोभिड-१९ खोप कूटनीति, सहयोग गर्ने छिमेकीलाई नि:शुल्क दिइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण निको पार्ने लागि अहिलेसम्म कुनै 'विशिष्ट' औषधि फेला परेको छैन । त्यसैगरी कोरोनाविरुद्धको एकमात्र आशाको रुपमा विश्वभर विकास भइरहेका खोपहरुलाई लिइएको छ । सन् २०१९ को डिसेम्बर अन्तिबाट सुरु भएको कोरोनाले आठ महिनासम्म नियन्त्रणमा आउन सकेको छैन । संक्रमण थप फैलिँदै गएको छ भने स्वास्थ्य प्रणालीलाई कमजोर बनाइरहेको छ । 

विश्वका शक्ति राष्ट्रहरु भने कोरोनाविरुद्धको खोप विकास र वितरणको प्रतिस्पर्धामा छन् । कोरोनाविरुद्धको खोपको नेतृत्व लिने दौडमा रहेका शक्ति राष्ट्रहरुले यसलाई बलियो कूटनीतिक अस्त्रको रुपमा प्रयोग गर्न थालेका छन् । कोरोनाको उद्‌गम मानिएको चीनले नेपाल, पाकिस्तान, फिलिपिन्सलगायत एसियाली, अफ्रिकी र ल्याटिन अमेरकी मुलुकहरुलाई उपलब्ध गराउने बताएको छ । चीनले तेस्रो चरणको परीक्षणमा रहेको खोप जुलाईदेखि आपतकालीन प्रयोग गर्दै आएको दाबी गरेको छ । 

रुसले अगस्त ११ मा नै कोरोनाविरुद्ध विश्वकै पहिलो खोप विकास गरेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्‍लादिमिर पुटिनले उक्त खोप आफ्नो छोरीलाई दिइएको दाबी गरेका थिए । त्यसैगरी संयुक्त राज्य अमेरिकाले पनि नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गर्दै कोरोना खोपको विकासमा तीव्रता दिन राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशन दिइरहेका छन् । उनले कोरोनाविरुद्धको खोप विकास गरेर कोरोना नियन्त्रणका सम्बन्ध भइरहेको आलोचनालाई मत्थर पार्ने योजनामा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यससँगै नेपालको अर्को छिमेकी मुलुक भारतले पनि कोरोनाविरुद्धको खोप विकास गरिरहेको छ । अगस्त १५ मा भारतको स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, "एक होइन, दुई होइन, भारतमा तीनवटा कोरोना भाइरस खोपको परीक्षण भइरहेको छ ।” उनले वैज्ञानिकहरुले 'क्लिनिकल ट्रायल' सफल भएको औपचारिक मान्यता दिएपछि भारत ठूलो मात्रमा खोप उत्पादन गर्न सक्षम भएको बताएका थिए ।

भारतमा दुईवटा आन्तरिक र एउटा अक्सफोर्डले विकास गरेको खोपको परीक्षण भइरहेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको 'अक्सफोर्ड एस्ट्राजेनेका भ्याक्सिन' विश्वमा विकास भएर तेस्रो चरणको परीक्षणमा रहेका कोरोनाविरुद्धका खोपमध्येको पहिलो स्थानमा छन् । यसलाई भारतको 'सिरम इन्स्टिच्युट अफ इन्डिया'ले भारतमा परीक्षण गरिरहेको छ । यो खोप बेलायत, ब्राजिल र साउथ अफ्रिकामा तेस्रो चरणमा छन् । 

Global Ime bank

त्यसैगरी भारतको आन्तरिक रुपमा विकास गरेका अन्य दुई खोपहरु पनि मानव परीक्षणको दोस्रो चरणमा छन् । खोप विकास र उत्पादनमा ध्यान केन्द्रित भएसँगै वितरण योजना पनि बनाइरहेका छन् । अन्य मुलुकलेजस्तै भारतले पनि कोरोनाविरुद्धको खोपलाई कूटनीतिक 'अस्त्र' का रुपमा प्रयोग गर्ने योजना बनाएको छ । 

भारतको प्राथमिकता
खोप विकास गरिसकेपछि कसरी उत्पादन र वितरणलाई थप व्यवस्थित र सुदृढ बनाउने भन्‍ने विषयमा अझै छलफल चलिरहेको भारतका एक स्वास्थ्य अधिकारीले हिन्दुस्तान टाइम्सलाई बताएका छन् । जसका लागि भारतको नीति आयोगका प्रमुख डा. भीके पउलको नेतृत्वको टोली खोप विज्ञहरुको समूहसँग परामर्श गरेर योजनाको विवरण तयार गरिरहेका छन् । उक्त टोलीले कसरी खोप उत्पादन र वितरण गर्ने भन्‍ने प्रतिवेदन बुझाएपछि भारतको स्वास्थ्य र विदेश मन्त्रालयका अधिकारीहरुले त्यसलाई अनुमोदन गर्नेछन् । 

गत साता भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङ्‍गलाले ढाकाको भ्रमणका क्रममा भने, "हाम्रा नजिकका छिमेकीहरू, मित्रहरू, साझेदारहरू र अन्य देशहरुलाई भारतले खोप उपलब्ध गराउनेछ ।"

स्रोतले हिन्दुस्तान टाइम्सलाई बताएअनुसार भारतले खोप वितरणमा पाँचवटा मोडल तयार गरेका छन् । जसमा पहिलो मोडलमा नजिकका छिमेकीहरु अफगानिस्तान र सार्क मुलुकहरुलाई नि:शुल्क वितरण गर्ने जनाएको छ । यसमा पाकिस्तानलाई भने खोप उपलब्ध नगराउने विषयमा छलफल भइरहेको जनाइएको छ । पाकिस्तानलाई चीनले खोप दिने भएका कारण भारतले नदिने विषयमा छलफल भइरहेको बताइएको छ । 

दोस्रोमा भारतको अन्तर्राष्ट्रिय दायित्वका रूपमा विश्वका अन्य गरिब मुलुकहरुलाई ठूलो अनुदान दिएर वितरण गरिनेछ । भारतको यस योजनाबाट अधिकांश अफ्रिकी मुलुकहरु लाभान्वित हुनेछन् । 

तेस्रोमा भारतबाट खोप लिन चाहने केही सम्पन्‍न मुलुकहरुले बजार मूल्यमा खोप प्राप्त गर्नेछन् । चौथोमा भारतले तेस्रो चरणमा केही मुलुकहरुमा परीक्षणमा सहभागी गराउने र ती मुलुकहरुलाई केही डोज नि:शुल्क उपलब्ध गराउनेछ । र पाँचौंमा भारतले दुई खोपको सह-उत्पादनको लागि केही देशहरूलाई अवसर प्रदान गर्न सक्ने जनाइएको छ । जसले गर्दा खोप उत्पादनमा तीव्रता आउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC