site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भदौ १६ देखि हुने नियमित अन्तर्राष्ट्रिय उडानबाट विदेश जान पाइने, सम्बन्धित देशको स्वीकृति अनिवार्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले भदौ १६ देखि अन्तर्राष्ट्रियतर्फ खुला गरेको नियमित उडानबाट विदेश पनि जान पाइने भएको छ । 

तर, जुन देशमा जाने हो उक्त देशमा प्रवेश गर्नुअघि अपनाइनुपर्ने सुरक्षाका सावधानी पनि मान्‍नुपर्नेछ । त्यसरी नेपालबाट जान चाहने यात्रुले कोरोनाको परीक्षण अनिवार्य गर्नुपर्छ । ७२ घण्टाभित्रको कोरोना परीक्षण गरेको र रिपोर्ट नेगेटिभ आएकालाई मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदेश गर्न दिइन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी भिसा भएको र जानै पर्ने कारण भए सम्बन्धित देशको नेपालमा रहेको दूतावाससँग सम्पर्क गरेर उता पुग्नुअघि अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी लिन उपयुक्त हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । “भदौ १६ देखि केही मुलुकका लागि नियमित उडान खुला गरिएको छ । त्यसरी नियमित उडानबाट कोही जान खोज्नुभएको छ र सम्बन्धित देशले पनि आउन स्वीकृति दिएको छ भने जान सक्नुहुन्छ,” उनले भने । तर, त्यसका लागि नेपालमा रहेका सम्बन्धित देशका दूतावाससँग बुझ्दा उपयुक्त हुन्छ ।

सरकारले पीसीआर गर्न सहज भएका देशहरु मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति दिएको छ । यी मुलुकमा नेपालबाट पनि जान पाइनेछ । त्यसका लागि प्रक्रिया पुगेको र ती मुलुकले आफ्नो देशमा आउन अनुमति दिएको पनि हुनुपर्नेछ ।

Global Ime bank

आठ आन्तरिक गन्तव्यमा हवाई सेवा खुला गर्ने तयारी

नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले सम्बन्धित देशमा जान स्वास्थ्यलगायत अन्य सबै प्रक्रिया पूरा गरेको हुनुपर्ने बताइन् । सबै प्रक्रिया पूरा गरेका र सम्बन्धित मुलुकले पनि आउन अनुमति दिएका यात्रुलाई नेपालबाट लैजाने उनले बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC