site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यसरी गरियो खेलाडीको पीसीआर परीक्षण (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना (पीसीआर) परीक्षण गरिएको छ ।

सोमबार बन्द प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडीमध्ये ११ जनाको पीसीआर परीक्षण गरिएको हो । खेलाडीहरुसँगै पहिलो दिन १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफको गरी २५ जनाको परीक्षण गरिएको छ । 

ललितपुरको पाटन अस्पतालमा फिजियो आविष्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको पनि परीक्षण गरिएको हो । सोमबार विशाल राई, रञ्‍जित धिमाल, मिक्चेन तामाङ, रवि पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोक्तान, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको कोरोना परीक्षण गरिएको हो । बाँकी खेलाडी र अफिसियलको पीसीआर मंगलबार गरिने राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले लकडाउन खुकुलो बनाएसँगै विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ बाट सुरु गर्ने तयारी गरेको छ । फिफा विश्वकप २०२२ छनोटअन्तर्गत नेपालले तीन होम खेल दशरथ रंगशालामा खेल्दै छ । तीन खेलमध्ये नेपालले असोज २२ गते चाइनिज ताइपेसँग र त्यसको ५ दिनपछि अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ । समूह ‘बी’ मा रहेको नेपालले छनोट अन्तिम खेलमा नेपालले कात्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका छ ।

समूह ‘बी’ मा रहेको नेपाल ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको समूहमा रहेको अस्ट्रेलिया १२ अंक साथ शीर्ष स्थानमा रहँदा । समान १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।

Global Ime bank

छनोट प्रतियोगिताको पहिलो नेपाल कुवेतसँग ७-० ले पराजित भएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले हराएको थियो । तेस्रो खेलमा नेपालले अस्ट्रेलियालाई ५-० र चौथो खेलमा जोर्डनलाई ३-० ले  को नतिजा सुम्पेको थियो । 


- तस्बिर सौजन्य : एन्फा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC