site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालको पहिलो सोसियल ई–कमर्स प्लेटफर्म यूजी बजार लन्च
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्बन गर्ल(यूजी)ले आफ्नो ई–कमर्स प्लेटफर्मलाई सोसियल ई–कमर्स प्लेटफर्मको रुपमा अद्यावधीक गरेको छ । सन् २०१२ मा स्टार्टअप कम्पनीका रुपमा ई–कमर्स बजारमा प्रवेश गरेको यूजीले एप र वेब प्लेटफर्म विकास गरेको हो ।

यूजी बजार नामक सोसियल ई–कमर्स प्लेटफर्म अरु ई–कमर्स प्लेटफर्म भन्दा भिन्न छ । यूजी बजार नेपालकै पहिलो सोसल ई–कमर्स भएको यूजीको दाबी छ । कारण हो, यूजी बजारमा ई–कमर्समात्र छैन । ई–कमर्स यूजी बजारको ७ मोड्युलमध्ये एक हो ।

गरगहनाको बिक्री गर्दै सुरु भएको यूजीले मेकअप, घर सजावटका सामग्रीको अनलाइन व्यापार गर्दै केक उत्पादन, बिक्री तथा डेलिभरीसम्मको सेवा दिँदै आएको थियो । स्थापनाकै समयमा यूजीले सबै किनमेल आवश्यकता एकल बिन्दुबाट प्रदान गर्ने लक्ष्य लिएको थियो । जसको झल्को शुक्रबार लन्च भएको सोसियल ई–कमर्स प्लेटफर्मले दिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यूजीका सहसंस्थापक किरण तिम्सिना भन्छन्, “वर्षौंको शोध र विकासबाट हामीले यस्तो प्लेटफर्म जन्माएका छौं जसबाट अनलाइन सामान किन्नमात्र नभएर छुट्टै सामाजिक दुनियाँ महसुस गर्न सकिन्छ ।”

वि.सं. २०७४ मा यूजी केक नाम कम्पनी दर्ता भयो । अहिले त्यसलाई पनि अर्बन गर्ल इन्कर्पोरेटेड प्रालि समाहित गरिएको छ । यूजी बजारमार्फत् कम्पनीले ग्राहकको घरैमा सेवा र सुविधा पु¥याउने जनाएको छ । अत्यावश्यक खाद्य सामाग्री देखि मनोरञ्जनका सामान र घर परिवारको लागि आवश्यक सवै सामाग्रीको आपूर्ति यूजी बजारबाटै हुने कम्पनीको दाबी छ ।

Global Ime bank

यसकारण सोसियल ई–कमर्स प्लेटफर्म हो यूजी बजार

कम्पनीको अनुसार यूजी बजारलाई यसकारण सोसियल ई–कमर्स भनिएको हो कि यसका प्रयोगकर्ता एकअर्कासँग जोडिन सक्छन् । यहाँ एकअर्कालाई एड गर्न सकिन्छ, एकअर्काको सामान किन्न सकिन्छ । यो प्लेटफर्ममा युजर–टु–युजर सम्पर्क हुन्छ । यहाँ रहेका धेरै मोड्युलमध्ये ई–कमर्स एउटा हो ।

सोसियल ई–कमर्स बनाउने क्रममा हालका लागि ७ किसिमको मोड्युल तयार पारिएको छ । यी फिचरमा कम्पनीले ३ वर्षदेखि काम गरिरहेको बताइएको छ ।

१) अक्सन अफर मोड्युल:  नेपालमा पहिलो पल्ट यूजी बजारमा स्वचालित किन्ने तथा बिक्री गर्ने सुविधा दिएएको छ । जसमा केही सामान बिक्री गर्न चाहने प्रयोकर्ताले आफ्नो सामानको न्युनतम मूल्यसहित बिक्रीमा राख्छन् र बोलकबोलबाट धेरै बोलि लगाउनेलाई बेच्छन् वा अफर दिन्छन् । यस्तो मोड्युलमा भारतको ईबेमा उपलब्ध छ ।

२) एचआर मोड्युल : यसमार्फत् व्यवसायले कर्मचारीको खोजी, आवेदन जाँच, उम्मेदवारको सर्टलिस्ट, अन्तर्वार्ताको समय तोक्ने र नतीजा सार्वजनिक गरेर यहीमार्फत् कर्मचारी छान्न पनि सक्छन् । यो जब प्लेसमेन्ट सर्भिस हो ।

३) अटोमोबाइल मोड्युल: यो सुविधामा अटोमोबाइल खोज्न, रिभ्यु हेर्न तथा गर्न, बुकिङ तथा टेस्ट ड्राइभ गर्न सकिन्छ । यो सेक्सनमा विशेषताका आधारमा दुई सवारीलाई दाँज्न पनि सकिन्छ ।

४) ई–कमर्स मोड्युल : यो सेक्सन अन्य ई–कमर्स प्लेटफर्म जस्तो हो । जहाँ सम्पूर्ण आवश्यक वस्तु छानेर किन्न सकिन्छ ।
यसमा विक्रेताले आफ्नो उत्पादन बिक्रीमा राख्न, बिक्री निरीक्षण गर्नलगायत काम गर्न सक्छन् । खरिदकर्ताले पनि अन्य ई–कमर्स प्लेटफर्ममा झैं खरिदको सुविधा पाउँछन् ।

५) सोसियल कमर्स मोड्युल: यो सामाजिक सञ्जाल झैं हो । यसबाट एकअर्कासँग साथी बन्न सकिन्छ र एक अर्कालाई गिफ्ट पनि दिन सकिन्छ ।

६) क्विज एन्ड कन्टेस्ट मोड्युल : यसमा प्रयोगकर्ताले आफ्नै क्विज तथा कन्टेस्ट राख्न सक्छन् । जहाँ अरु प्रयोगकर्ताले आवेदन दिन सक्छन् ।

७) टिकेट प्लेटफर्म : यो मोड्युल प्रयोग गरेर विभिन्न गतिविधि आयोजकले अनलाइन टिकट बिक्रीमा राख्न सक्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  २२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC