site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘प्रतिक्रियावादीले पार्टी फुटाउन खोजे, पदका लागि मरिहत्ते गरेका होइनौं’
SkywellSkywell

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीले पार्टी फुटाउन खोजेको बताएका छन् । ओली इतर समूहले बुधबार राजधानीको एक कलेजमा गोप्य पत्रकार भेलाको आयोजना गरेको थियो । अनौपचारिक भनिएको पत्रकार जमघटमा प्रेस संगठनलगायत विभिन्न सञ्चारमाध्यममा नेकपा बिट हेर्ने पत्रकारहरूलाई निम्त्याइएको थियो ।


भेलामा प्रचण्डले प्रतिक्रियावादीहरूले गठबन्धन निर्माण गर्दाताकदेखि नै फुटाउन र कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्न उद्यत रहेको भन्दै अहिलेको कलह त्यसैबाट सिर्जित भएको बताएका हुन् ।

“देशभित्रका देशबाहिरका प्रतिक्रियावादी कम्युनिस्ट पार्टी एकताबद्ध रहिरहोस् भनेर चाहँदैनन् । उनीहरू छिटोभन्दा छिटो विभाजित होस्, क्षतविक्षत होस् भन्ने चाहेका छन् । उनीहरूले गठबन्धन गर्दाका दिनदेखि असफल पार्न कोसिस गरे । चुनावपछि पनि दुईवटा पार्टीको एकता नहोस् भने । हामीले प्रतिवाद गर्दै एकता गर्न सफल भयौं । एकता गरेको दिनदेखि नेताहरूका बीचमा अन्तर्विरोध चर्किएर जाओस् । फाटो बढोस् भन्ने पक्षमा छन् । यो बुझ्न सकिने कुरा हो,” उनले भने, “साम्राज्यवादी, पुँजीवादी, सबैखाले प्रतिगमनकारी शक्तिहरू यो कम्युनिस्ट पार्टी कमजोर पार्न चाहन्छन् । कमजोर पार्न जहिले पनि गलत विचार, कार्यशैली, संस्कार अपनाउने तत्त्वहरूलाई उपयोग गर्न चाहन्छन् । उनीहरूमार्फत् उल्ट्याउन चाहन्छन् । कम्युनिस्ट पार्टी भत्काउन चाहन्छन् । हामी कम्युनिस्ट पार्टी अक्षुण्ण रहनुपर्छ र सुदृढ हुँदै जानुपर्छ भन्ने पक्षमा छौं ।”

KFC Island Ad
NIC Asia

प्रचण्डले अहिलेको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझप्टी नभएको पनि बताएका थिए ।

“हामीले पार्टी एकताका बेला एमालेले अबलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अवलम्बन गर्दै आएको माओवाद र २१ औं शताब्दीको जनवादलाई आत्मसात गर्दै त्यसलाई परिमार्जन गरेर जाने र हालको लागि समाजवादउन्मुख जनताको जनवाद कार्यदिशा तय गरिएको थियो र महाधिवेशनसम्म त्यसलाई नै परिमार्जन गर्ने भनिएको थियो,”  प्रचण्डले पार्टी अर्का अध्यक्ष केपी शर्मा ओली समूहले विचारको बखेडा झिकेकोतर्फ संकेत गर्दै भने, “अहिले तपाईं हेर्नुहुन्छ भने देशभरी विभिन्न कार्यक्रम भएको छन्, ब्यानर लेखिएको हुन्छ–जनताको बहुदलीय जनवाद जिन्दावाद । त्यसअन्तर्गत कार्यक्रम हुन्छ । स्थायी कमिटीका नेता गएर भाषण गर्नुहुन्छ । मैले अहिले पूर्वमाओवादीका साथीहरूलाई राखेर माओवाद जिन्दावाद र २१औं शताव्दीमा जिन्दावाद भनेँ भने, ब्यानर राखेँ, भाषण गरेँ भने त्यो पार्टी एकताको पक्षमा हुन्छ त ? त्यो एकताका बेला बनेका सैद्धान्तिक सहमतिअनुसार हुन्छ कि, पार्टी विभाजनतिर लाने कुराको उद्घोष हुन्छ ?”

Royal Enfield Island Ad

उनले जनताको बहदलीय जनवाद, २१औं शताव्दीको जनवाद र जनयुद्धबारे पार्टीको राजनीतिक दस्तावेजले उच्च सम्मान गरेको पनि बताए ।

उनले पार्टी एकतालाई सुदृढीकरण गर्न स्थायी कमिटीको बैठक चलिरहँदा अध्यक्ष केपी ओलीले एमाले दर्ता गर्न खोजेको र त्यसले पनि उनले विभाजन चाहेको पुष्टि हुने प्रचण्डको तर्क थियो ।

“प्रधानमन्त्र स्वयम्ले पहल गरेर एमाले दर्ता गर्न निर्वाचन आयोगमा जानु पार्टी एकताको पक्षमा भएको हुन्छ त ? त्यसले पार्टी एकता बनाइराख्न भूमिका खेलेको भन्ने देखाउँछ त ? विलकुल देखाउँदैन । यो पनि एकताको पक्षमा होइन, फुटको पक्षमा हो भन्ने त्यसले राम्रैसँग प्रमाणित गरेको छ । पार्टी बैठक चलिराखेको छ । युवाहरूलाई आह्वान गरेर देशभरि जिन्दावाद र मुर्दावादको नारा लाग्छ । नक्सा छापिनु पर्‍यो भनेर जसले भने, पार्टी कमिटीबाट निर्णय गराए उनीहरू दलाल हुने ? अन्तिममा सचिवालयको बैठकमा नीति कार्यक्रममा हाल्नै पर्‍यो भनेपछि हाल्नेचाहिँ महान राष्ट्रवादी ?,” उनको प्रश्न थियो ।

उनले ओलीले आफूहरूलाई दलाल करार गर्न खोजेको र नेताहरूको बीचमा विभाजन पैदा गर्न खोजेको आरोप लगाएका थिए ।

“यी सबै कुराले अहिले एकताको पक्षधर फुटवादी सोच राख्नेहरूको बहस हो,” उनले भने, “अहिले चलिरहेको बहस, अन्तरसंघर्ष पदको झिनाझप्टी होइन । विलकुल होइन । यो पार्टी एकतासम्बन्धी अवधारणा, मार्क्सवादसम्बन्धी बुझाइ, संगठनात्मक सिद्धान्तप्रतिको प्रतिबद्धता र पार्टी एकताको सैद्धान्तिक, राजनीतिक आधारहरूलाई पालना गर्ने वा नगर्ने, समाजवादतिर जाने हो वा पुँजीवादतिर जाने विषयसँग सम्बन्धित छन्, पत्रकारमित्रहरूले अलि राम्रोसँग भन्नुपर्‍यो । प्रगति वा दुर्गति, अग्रगमन वा पश्चगमन अन्ततः जनमतलाई कसले प्रभावित पार्न सक्छ, त्यसमा भरपर्ने कुरा हुन्छ,” उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro