site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपाल र भारतका बीचमा संवादहीनताको स्थिति देखिएको छ । यसरी दुई निकट छिमेकीहरूबीच संवाद रोकिनु दुवै देशको हितमा हुँदैन । सम्बन्ध चिसिनुको पछिल्लो कारण भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसमेटेर नेपालले आफ्नो राजनीतिक नक्सा जारी गर्नु मानिएको छ । यहीमात्र कारणले दुई देशबीच संवादहीन अवस्था उत्पन्न भएको भने पक्कै होइन । भारतको नेपालप्रतिको व्यवहारलाई मैत्रीपूर्ण छैन । यस्तै, नेपालका तर्फबाट पनि बेलाबखत अनावश्यक बखेडा झिकेर चिढ्याउने गरिएको छ । यसैले भारतले वार्ताको नेपाली आग्रहको उपेक्षा गरेको हुनुपर्छ । यसभन्दा पहिले पनि भारतसँग नेपालको सम्बन्ध पटकपटक बिग्रेको थियो । तर, त्यतिबेला यस्तो संवाद शून्य अवस्था भने देखिएको थिएन । भारतले २०७२ मा नाकाबन्दी लगाएकै बेलामा समेत संवाद चालु नै थियो । नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन समेत नबुझेर भारतले के देखाउन खोजेको हो भन्ने बुझ्न कठिन हुँदैन । 

भारत सरकारको नेपालसँगको व्यवहारलाई मैत्रीपूर्ण भन्न सकिँदैन । भारतको हेपाहा व्यवहार र मिचाहा प्रवृत्तिप्रति नेपालीले धेरै पहिलेदेखि गुनासो गर्दैआएका छन् । अर्कातिर, भौगोलिक अवस्था र सांस्कृतिक निकटताले भारत नेपालबीच जनस्तरमा समेत निकट सम्बन्ध रहिआएको छ । नेपाल र भारतबीचजस्तो सांस्कृतिक सम्बन्ध त सायद संसारमा कुनै पनि दुई देशबीचमा छैन होला । यसैले भारतसँग सम्बन्ध बिग्रन नदिन नेपाल सरकार पनि विशेष चनाखो रहनु पर्ने थियो । सरकारले नेपालको सबै भूभाग समेटेको नक्सा जारी गर्ने प्रयास गर्दा देशमा अपूर्व राजनीतिक एकता देखियो । ‘भारत परस्त’ भनिएका दलहरूसमेत राष्ट्रिय अखण्डताको विषयमा एकै ठाउँमा उभिए । यो ऐक्यबद्धता राष्ट्रका पक्षमा थियो भारतका विपक्षमा होइन । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री केपी ओलीले भने संसद्मा देखिएको समर्थनलाई भारतका विरुद्ध प्रकट भएको ठाने । संसद्मा बोल्ने क्रममा नै उनले भारतलाई चिढ्याउनैका लागि कूटनीतिक मर्यादाविपरीत ‘छुचो’ टिप्पणी गरे । त्यसपछि उनी स्वयं र उनको पार्टीका नेताहरूका अभिव्यक्तिले पनि सम्बन्ध झन् कटु बनाउने काम गरेको छ । व्यक्ति विशेषका कारण भारतका प्रधान सेनापतिलाई मानार्थ पदवी दिने परम्परासमेत बन्द गर्ने छुच्याइँ नेपाल सरकारले गरेको छ । यस्तो कदमले दुई देशबीचको सम्बन्धलाई थप कटु बनाउँछ । यति नै बेला नेपालमा चीनको गतिविधि अपेक्षाकृत बढेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक मामिलामा समेत चीनको हस्तक्षेप बढेको सजिलै देखिन थालेको छ । यसले भारतमात्र हैन लोकतान्त्रिक पश्चिमी देशहरूमा पनि नेपाललाई हेर्ने दृष्टिकोण बदलिने संकेत देखिएको छ । 

नेपालसँग भारतको सम्बन्ध बिगार्न यस्ता गतिविधिहरू पनि उत्तिकै जिम्मेवार छन् । भारतका लागि पनि नेपालसँग यस्तो संवाद शून्य अवस्थामा रहनु पक्कै लाभदायक हुँदैन । दुई देशबीच संवाद र सम्पर्क बढ्नु दुवै देशका जनताको हितमा हुन्छ । यसैले नेपाल र भारत यथाशीघ्र वार्तामा बस्नुपर्छ । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनअनुसार नयाँ चरणमा प्रवेशका लागि पनि संवाद त सुरू हुनै पर्छ । सरकारी औपचारिक वार्ताका लागि समय लाग्ने भए अनौपचारिक र नागरिक स्तरका मञ्चहरू सक्रिय हुनुपर्छ । कुनै नेता वा अधिकारीको अहङ्कारको तुष्टिका लागि दुई देशको सम्बन्ध बिगार्दा यसभन्दा पहिले नै नेपाली र भारतीय जनताले सास्ती पाइसकेका छन् । अब त्यही गल्ती दोहोरियो भने नेपाली र भारतीय जनताले सहने छैनन् । सरकारबीच जति नै सम्बन्ध बिग्रे पनि दुई देशका जनताबीचको सम्बन्ध बिग्रँदैन भन्ने पनि त पुष्टि भइसकेको छ ।        

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC