site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आइसोलेसनमा बस्दा डिप्रेसन र एक्लोपन बढ्छ
Sarbottam CementSarbottam Cement

रातको अन्धकार र चिसो काठोमा, म गाइरहेको छु । आँखा निदाउने प्रयासमा छन् । वरिपरि कोही छैनन् र मलाई थाहा छ, आफूमा इच्छा शक्ति छ भने यसलाई निरन्तरता दिने स्वतन्त्रता पनि मभित्रै छ ।

बिरामी कति छिटो निको हुन्छ भन्ने कुरा, उपचारपछि गरिने हेरविचारले महत्त्व राख्छ । दिन बित्दै गएसँगै हामीमा (बिरामी) नयाँ–नयाँ अनुसन्धानहरू हुन थाल्छन् । यो रोगले संक्रमितमा देखिने मानसिक स्थिति र अन्य असरहरू कति अदृश्य हुन्छन् ठीक मानसिक तनावमा जस्तै बाहिरबाट नदेखिने । 

कोभिड बिरामीलाई साता दिनसम्म अस्पतालको आइसोलेसनमा राखिन्छ, दोस्रो व्यक्तिलाई हेर्न र भेट्नसम्म पनि दिइँदैन भन्ने सत्यले बिरामीमा मानसिक तनाव उत्पन्न हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अस्पतालमा नर्स र डाक्टरहरू समय–समयमा तपाईंको उपचार र अवस्थाबारे बुझ्न आउँछन् । तर उनीहरूले पीपीई लगाएका हुन्छन् । सधैं शरीर पूरै ढाकेर आउने भएकाले उनीहरू को हुन्, विशेषता के छ, उनीहरूले कस्तो भाव प्रकट गर्दै छन् बिरामीले भेउ पाउँदैन । सबै सेता पहिरनमा रोबोटजस्तै उपस्थितिमा । चाहिने स्वास्थ्य उपचारका सामग्री राखेर उनीहरू फर्किहाल्छन् । किनभने त्यहाँ जति धेरै बस्यो संक्रमण हुने सम्भावन त्यति नै हुन्छ । 

डाक्टरहरू, जसको मार्गदर्शनमा तपाईंको हेरचाह र स्वास्थ्य अवस्थाबारे रिपोर्ट तयार हुन्छ, उनीहरू (डाक्टर) स्वयं नै तपाईंलाई आश्वासन दिन तपाईंछेउ कहिल्यै आउँदैनन् । उनीहरू मात्रै सञ्चारका वाहकजस्तो उपचारका सामग्री मात्रै पुर्‍याउन आउँछन् ।

Global Ime bank

यस्तोे परिस्थितिमा डाक्टरहरूको यो व्यवहार केही हदसम्म उचित हो । तर अझै केही अव्यवहारिक लाग्छ, पीपीईमै भए पनि नआउने भए त हामी रिमोट पद्धतिमा उपचारमा छौंजस्तो लाग्थ्यो । के यसले बिरामीमा मानसिक असर गर्छ त, मनोवैज्ञानिकहरू भन्छन्– पक्कै गर्छ । डिस्चार्जपछि संक्रमितहरूमा क्रोधको मात्रा बढ्छ ।

समाजले अलग व्यवहार गर्छन् कि भन्ने सोचले उनीहरू समाजमा जान डराउँछन् । समाजले उनीहरूलाई रोगवाहकका रूपमा व्यवहार गर्छन् । उनीहरूमा यो समाजमा मेरो स्थान छैन भन्ने सोच र चिन्ता पलाउँछ । जसले गर्दा उनीहरूमा डिप्रेसन र एक्लोपन बढ्न थाल्छ, आइसोलेसनमा बस्दाको एक्लोपन पुनः ब्युँतिन्छ ।
रोगले शरीर त्यागे पनि ज्वरो र कमजोरीले अझै ३,४ साता शरीरलाई जकडेकै हुन्छ । 

विश्वले यो रोगबारे कुनै प्रमाण पद्धति फेला पारेको छैन । हरेक केस फरक छन् । हरेकदिन नयाँ लक्षणबारे अनुसन्धान र अवलोकन भइरहेको छ । यसरी पूरै विश्वकै स्वास्थ्य क्षेत्र आजजस्तो अशक्त कहिल्यै भएको थिएन । परीक्षण र त्रुटि अहिलेजस्तो ठूलो मागमा कहिले आएको थिएन ।

(बलिउड महानायक अमिताभ बच्चनले नानावटी अस्पतालको आइसोलेसनमा बसेर लेखेको आइसोेलेसनको अनुभव र कोरोनाको मानसिक असर उल्लेख गरिएको ब्लगको अनुवाद)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  ०५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC