site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लेखराजलाई प्रचण्डको चेतावनी– ओलीतिर लाग्‍ने भए मन्त्री र स्थायी कमिटी सदस्य त्याग्‍नू
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशका पार्टीका नेताहरूसँग पार्टीभित्रको सङ्कटबारे छलफल गरेका छन् ।

सुदूरपश्चिम प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, मुख्यमन्त्री त्रिलोचल भट्ट, केन्द्रीय सदस्य तथा खानेपानीमन्त्री विना मगर, शरदसिंह भण्डारी, रेणु चन्दसहित ३० जना नेता–कार्यकर्ता शुक्रबार प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

सुदूरपश्चिमका नेता कार्यकर्तासँग प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुक र पार्टी सङ्कटापन्न अवस्थामा पुगेको र निकास अनिवार्य भएको बताएको सह–इन्चार्ज खगराज भट्टले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“नेपालको कम्युनिस्ट आन्दोलनको सवलीकरण, सुदृढीकरण, केन्द्रीकरण र त्यसको नेतृत्वको आर्थिक सामाजिक रूपान्तरण दिशामा, राष्ट्रिय सुशासन र समृद्धिको दिशामा देशलाई लैजाने गरी यो पार्टी एकता गरेको हो,” प्रचण्डको भनाइ उद्धृत गर्दै भट्टले बाह्रखरीसँग भने, “बलियो कम्युनिस्ट पार्टी निर्माण गर्न, विश्वलाई नवीन सन्देश प्रवाह गर्न पार्टी एकता गरेको हो । तर, केपी ओलीले एकताको यो मर्म आत्मसात् गर्न सक्नुभएन । यो उद्देश्यमा दत्तचित्त नदेखिएकाले माओवादी केन्द्रसँग चुनाव जित्न र प्रधानमन्त्री बन्न दुवै गाह्रो हुने भएकाले गठबन्धन मात्रै गरेको हो कि भन्ने प्रश्न उठेको छ ।”

भेटमा प्रचण्डले माओवादी केन्द्रलाई हिजोकै दृष्टिकोणबाट हेरेको र विगतको आग्रह–पूर्वाग्रह यथावत् रहेको र त्यसले दुई पार्टीलाई रुपमा जोडिए पनि सारमा मिल्नै नदिएको बताएको भट्टले जानकारी दिए । 

Global Ime bank

“ओलीजीमा अत्यन्त आत्मकेन्द्रित, चरम व्यक्तिवादी प्रवृत्ति देखियो । आफैंलाई केन्द्रमा राख्ने, सर्वेसर्वा मैं हुँ भन्ने मनोवृत्ति पनि देखियो,” प्रचण्डको भनाइ उद्धृत गर्दै भट्टले भने, “कसैलाई मान्छे नगन्ने, कसैलाई मान्छे हुन् पनि नभन्ठान्ने, अरूका कुरा नसुन्ने, सरुवा, बढुवा, नियुक्ति, नीतिगत निर्णय हुन् या प्राविधिक निर्णय सबैमा स्वेच्छाचारी ढङ्गले चल्न खोज्ने, सहयोद्धाहरूको मानमर्दन गर्ने, सहयोद्धाहरू तलकै हुन्, रैती हुन्, ममात्रै विशिष्ट हुँ भन्ने चिन्नत हावी भयो ।”

सुदूरका नेता–कार्यकर्तासँग प्रचण्डले पार्टी चलाउन नपाएको, अध्यक्ष हुँ भन्ने कुनै भाव नै नपलाएको र ओलीको स्वेच्छाचारी प्रवृत्ति टुलुटुल हेर्न विवश भएको गुनासो गरेका थिए ।

ओलीले हिजोका सहमति एकपछि अर्को गरी उल्लङ्घन गर्दै गएपछि नाघ्दै गएपछि आफूले एक कदम पछि हटेर, समझदारीका लागि ओलीलाई पाँच वर्ष सरकार चलाउनूस्, मलाई पार्टी चलाउन दिनूस् भनेर नयाँ सहमति पनि गरेको बताएका थिए ।

तर, सहमति बेवारिसे बन्ने क्रम नरोकिएको प्रचण्डको दुखेसो थियो । “उहाँ लिखित रूपमा सहमति गर्नुहुन्छ । आधाआधा कार्यकाल सरकार चलाउने भनेर सहमति भएकै हो,” प्रचण्डले भनेका थिए, “तर, त्यसलाई मान्नुहुन्न । कार्यकारी अध्यक्षको जिम्मेवारी दिने भनेर निर्णय गर्नुभयो । सहमति गर्नुभयो । तीन दिनपछि कान्तिपुर टेलिभिजनको फायरसाइडमा गएर सहमति विरोधी कुरा भयो । उलङ्घन गर्नुभयो । अहिले कमिटीको विधि, बहुमत, सहमति केहीमा पनि चल्दिनँ भन्नुहुन्छ । कमिटीका बैठक बस्छन् तर बैठकमै बस्ने जाँगर आउँदैन । सकेसम्म टार्ने कोसिस गर्नुहुन्छ ।”

प्रचण्डले समान हैसियतको अध्यक्ष भनेर एकता गरे पनि ओली हर्ताकर्ता बनेको, पार्टी नै ओली अधिनस्थ भएजस्तो भएको र आफू सुकुम्बासीजस्तो बन्न पुगेको निष्कर्ष सुनाएका थिए । र, बारम्बार धोका पाएको र अपमानित महसुस गर्नुपरेको भन्दै दुःखमनाउ गरेका थिए ।

“पार्टीको कार्यदिशा, कार्यादेशमा चल्न नसक्ने, संयोजनकारी भूमिका पनि खेल्न नसक्ने, अरू सबैलाई दलाल साविक गरेर आफूलाई एक नम्बरको देशभक्त बनाउन खोज्ने, एमसीसीलाई जस्ताको तस्तै पास गर्नुपर्छ भन्ने, केन्द्रीय कमिटी बैठकमा प्रचण्डले संयोजनकारी भूमिकालाई पनि पचाउन नसक्ने, केन्द्रीय कमिटीमा एकमतले निर्णय गराउने तहमा पुर्‍याएको अवस्थालाई सहन नसकेर पूर्वमाओवादी केन्द्रको खेदो खन्ने, पार्टी विभाजनको खेल खेल्ने आदि कारणले समस्या निम्तिएको हो, यसको समाधान खोज्ने प्रयास गरिरहेका छौं,” प्रचण्डको भनाइ उद्धृत गर्दै भट्टले भने ।

ओलीले पूर्वमाओवादी केन्द्र समूह तितरबितर बनाउन खोजेको, विभाजन गरेर आफ्नो दुनो सोझ्याउन लागेपछि एक्सन अनिवार्य भएको प्रचण्डले बताएका थिए । भट्टका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्वमाओवादी केन्द्र समूहका प्रभावशाली नेता मानिएका लेखराज भट्ट ओली खेमामा लागेपछि प्रचण्ड क्षुब्ध बनेका छन् ।

४० वर्षको सहकार्यमा लेखराज भट्टलाई भनेको–भनेको जिम्मेवारी दिएको र अहिले पनि अरूलाई उनलाई नै मन्त्रीको भूमिका थमाउँदा पनि विरूद्धमा लागेको भन्दै दुःखमनाउ गरेका थिए । “सुदूरपश्चिममा लेखराज नै केन्द्रित भएर काम गरेको हो । उहाँले जे भन्नुभयो । जे गर्न चाहनुभयो त्यसैमा साथ, सहयोग दिएँ । अहिले मसँग एकशब्द नबोली, सल्लाह नगरी उहाँ आफैं टाढिनुभयो । उहाँका गुनासा, प्रश्न, जिज्ञासा, आलोचना आक्रोश जे भए पनि एकपटक छलफल गरेको भए त के बिग्रन्थ्यो । तर संवाद नै गर्नुभएन । उहाँले नै पहल गर्नुपर्नेमा मैले छोरी गंगा, जोखबहादुर महरालाई फोन गर्न पनि लगाएँ । अरू वरिष्ठ नेताहरूलाई पनि बोलाउन लगाएँ । मैले पनि यो बीचमा फोन नगरहेको होइन । खै किन, के बाध्यताले हो उहाँ आउनुभएन,” प्रचण्डको दुखेसो थियो ।

लेखराजका गम्भीर समस्या, विचलन देखिन सक्ने र ती कुराबाट आफूलाई जोगाउन ओली क्याम्पमा लागेको र आफूविरूद्ध अभिव्यक्ति दिएको हुनसक्ने प्रचण्डको बुझाइ थियो । “भट्टमा गम्भीर प्रकारको विचलन देखियो । प्रचण्ड अर्थात् पूर्वमाओवादी केन्द्रको कोटाबाट स्थायी कमिटी सदस्य बन्ने, मन्त्री पनि बन्ने तर ओलीजीको वकालत गरिराख्नुभएको छ । ओलीजीतिरै लाग्नु छ भने स्थायी कमिटी सदस्य, मन्त्री पद छाडेर खुलेआम प्रचार गरे भइहाल्यो नि !” प्रचण्डको भनाइ उद्धृत गर्दै खगराजले भने ।

कुराकानीका अन्तिममा प्रचण्डले पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन नदिने बताएका थिए । पार्टी अध्यक्ष ओलीले विभाजनको तयारी गरिसकेको भए पनि अहिले, पेलान, उत्पीडनमा परेकाहरू एकजुट भएको (प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल समूहको गठबन्धनका रूपमा), सबैले प्रयास गरेर दुर्घटनाको बाटोमा जान नदिने प्रयास गरिरहेको र पछिल्लो संवाद त्यसैमा केन्द्रित रहेको प्रचण्डले बताएका थिए ।
प्रचण्डले ओली कित्तामा लेखराज लागे पनि विचलित नभई पूर्वमाओवादी केन्द्र समूहको मर्म, भावनालाई बोकेर जनताबीच जान, पार्टी काम गर्न सबैलाई निर्देशन पनि दिएका थिए ।

लेखराजको स्थान रिक्त हुन नदिई, त्यसको असरको छनकसम्म हुन नदिई कार्यसम्पादन गरेको भन्दै खगराजलगायत नेताहरूको मुक्तकण्ठले प्रशंसा पनि गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC