site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वामपन्थ कि कम्युनिज्म ?

माओवादी केन्द्र र एमाले नामका दुई कम्युनिस्ट पार्टीबीच संसदीय निर्वाचनमा भएको गठबन्धनले उल्लेख्य बहुमत प्राप्त गरेर सरकार बनायो । त्यसपछि यी दुई दलबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल बन्यो । त्यस दलले सरकार चलाएको पनि साढे दुई वर्ष बितिसकेको छ । 

अहिले नेकपाभित्र शक्ति संघर्षले चरम रुप लिँदा दल नै विभाजित हुनेसम्मको शंका बढेको छ ।  यस गठबन्धनले निर्वाचनमा सचेत मतदातालाई समेत दिग्भ्रमित बनाउने अभिव्यक्ति र घोषणा पत्र प्रस्तुत गरेको थियो । उनीहरूलेआफूलाई वामपन्थी, कम्युनिस्ट, लोकतन्त्रवादी, समाजवादी, सुधारवादी, विकासवादी आदि सबै बनाउन खोजेका थिए । यसरी मतदातालाई भ्रममा पार्न खोजिएको छ । अन्य विषयमा धेरै छलफल गर्नु नपर्ला तर यो पार्टी ‘वामपन्थी’ कि ‘कम्युनिस्ट’ भन्ने विषयमा भने नेकपाले प्रष्ट गर्न सकेको छैन । त्यसैले यस आलेखमा यी दुई सिद्धान्तबीचको पृथकताको बारेमा छलफल गर्ने प्रयास गरिएको छ ।

वामपन्थ र कम्युनिज्म (साम्यवाद) भिन्न सिद्धान्त हुन् । नेपालमा सामान्यरूपमा कम्युनिस्टहरूलाई वामपन्थी र लोकतन्त्रवादीलाई दक्षिणपन्थी पनि भन्ने गरिएको पाइन्छ । आखिर के हो त वामपन्थी राजनीति ? यसको इतिहास हेर्ने फ्रान्ससम्म पुग्नुपर्छ । फ्रान्सको राज्य क्रान्तिका बेला अर्थात् सन् १७८९ देखि १७९९ सम्मको अवधिमा राजावादी र यथास्थितिवादी सोच राख्ने एउटा, क्रान्तिकारी अथवा आमूल परिवर्तन चाहने अर्को गरी दुई राजनीतिक शक्ति क्रियाशील थिए । यसै विषयमा छलफल गर्न इस्टर्न जनरल (फ्रेन्च संसद्) को बैठक बोलाइएको थियो । त्यस सदनमा यथास्थितिवादी दायाँतर्फको स्थानमा र राजतन्त्रको विरोध गर्ने, क्रान्तिकारी, गणतन्त्रवादी र धर्म निरपेक्षताका पक्षमा बहस गर्नेहरूलाई बाँयातर्फ राखिएको थियो । त्यही आधारमा दायाँतर्फ र वायाँतर्फ रहनेहरू क्रमशः दक्षिणपन्थी र वामपन्थीका नामले सम्बोधित हुन थाले । यसैलाई अरू देशमा पनि अभ्यास गरियो । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्व राजनीतिमा दक्षिणपन्थी राजनीतिकै बाहुल्य थियो र अझै पनि छ । दक्षिणपन्थी राजनीतिले सञ्चालन गरेका प्रणालीबाट उपेक्षित भएका, नसमेटिएका, असन्तुष्ट रहेका, पछि परे/पारिएकाका पक्षमा वकालत गर्दै यस्ता असन्तुष्ट समूहहरूलाई समेटी वामपन्थी राजनीति अघि बढ्छ । वामपन्थीहरू धार्मिक र राजनीतिक हिसाबले यथास्थितिवादी सोचबाट अघि बढ्दै सुधारका पक्षमा लाग्छन् । अन्यायमा परेका कमजोर वर्गको सहानुभूति र सहयोगबाट अस्तित्वमा रहन्छ । राजनीतिक र आर्थिक प्रणालीको मुख्य पक्षमाथि राज्यको नियन्त्रण रहन्छ । मजदूरी गरी जीविकोपार्जन गर्ने श्रमजीवीहरूको पक्षमा प्रतिबद्ध रही समानतावादी समाजको सृजना गर्नुलाई गन्तव्यको रूपमा लिने गर्छन् । 

वामपन्थीहरूको वर्गीकरणसमेत विभिन्न प्रकारले गरिएको छ । केद्रीय वामपन्थी धार यसको सबैभन्दा प्रारम्भिकरूप हो । यसमा लोकतन्त्रका विशेषता पाइन्छ । यसको अर्को तह भनेको उदारवादी धार हो । उदारवादको विकास हुँदै जाँदा समाजवादमा पुगिन्छ । समाजवाद हुँदै साम्यवाद र साम्यवादको विकसितरूपमा अधिनायकवादको अन्तिम बिन्दुमा पुगिन्छ । वामपन्थी धारको प्रारम्भिक यात्रा केन्द्रीकृत वामपन्थी हो भने विषम बिन्दुका रूपमा कम्युनिस्ट अधिनायकवाद, सर्वसत्तावाद, एकदलीयतन्त्र सबै विशेषता समेटी अघि बढ्छ । संरक्षणवादले महत्व पाउँछ । स्वदेशी उत्पादनले प्रोत्साहन पाउने हुँदा स्वतन्त्र व्यापार, भूमण्डलीकरण र आर्थिक उदारीकरणका विपक्षमा प्रस्तुत हुने रणनीति अवलम्बन गर्छ । आर्थिक प्रणालीमा सरकारी हस्तक्षेप हुन्छ । केन्द्रबाटै आपूर्तिमुखी योजना तयार पारी कार्यान्वयनमा लगिन्छ । यस प्रकार सुधार प्रक्रियामा तल्लीन रहने राजनीतिक धार नै वामपन्थ हो । 

Global Ime bank

कम्युनिज्य (साम्यवाद) भिन्न राजनीतिक प्रणाली हो । यसमा लोकतन्त्रको गुञ्जायस रहँदैन । साम्यवादका बारेमा विश्लेषण गर्दा माक्र्स, लेनिन, स्टालिन र माओ त्से तुङ्गलाई स्मरण गर्नुपर्ने हुन्छ । श्रमिक र पुँजीवादी दुई वर्गबीचको सङ्घर्षको उपजको रूपमा श्रमजीवीहरूको शासनका अर्थमा कम्युनिज्मलाई लिइन्छ । माक्र्सले यसलाई वैज्ञानिक समाजवाद भनेका छन् । मार्क्सका अनुसार  — अतिरिक्त मूल्यको सिद्धान्तको प्रयोग पुँजीपतिहरूबाट हुन्छ, श्रमिकहरूको शोषण गरी मार्जिन रकम सबै पूँजीपतिहरूले लिन्छन । पुँजी, प्रविधि र जमिनमाथि पुँजीपतिहरुकै आधिपत्य हुन्छ । यसैको आधारमा श्रमिकहरू माथि शोषण हुन्छ । त्यसैले अतिरिक्त मूल्यको सिद्धान्तलाई माक्र्सले लुट भनेका छन् । व्यक्तिगत पुँजीको स्थान जब सामूदायिक वा सामूहिक पुँजीले लिन्छ, त्यसलाई समाजवाद भनिन्छ । वर्तमान अवस्थासम्म आइपुग्दा देखिएको समाजको इतिहास भनेको भनेकै वर्ग सङ्घर्षको इतिहास हो । श्रमजिवीहरूको पुँजीपति विरुद्धको सङ्घर्ष भूमिगत रूपमा वा प्रकट रूपमा निरन्तर चली नै रहन्छ ।

विकसित प्रविधिको प्रयोगबाट श्रमिक शोषण अन्त्य गर्नको लागि नयाँ प्रकृतिको सङ्घर्ष पुनः सुरु हुन्छ । अन्त्यमा मजदुर वर्गको विजय हुन्छ र सर्वहारावर्गको शासन चल्छ । यस्तो शासनमा केन्द्रीय सरकार वा एक व्यक्तिको पूर्ण अधिकार स्थापित हुन्छ । सरकारी नियन्त्रण कायम हुन्छ । आयको समान वितरण गरिन्छ । धनी र गरिब हुँदैनन्, सबैले काम गर्नुपर्छ ।

सबैले परिश्रमको मूल्य समान प्राप्त गर्छन् । मेसिनको प्रयोग मजदुरहरूको कामलाई सहज बनाउन गरिन्छ । लेनिन र कार्ल माक्र्सको यस प्रकारको कम्युनिज्मलाई रसियामा स्टालिनले कार्यान्वयनमा ल्याएका थिए । प्रायः विश्वभर प्रयोगमा रहेको कम्युनिस्ट शासन यही लगभग आधारमा अघि बढेको छ । माओ त्से तुङ्गको कम्युनिज्म पृथक् खालको छ । उनले पेसाका आधारमा विभेद नगरी सबै कमजोर र उपेक्षितहरूको शासनलाई कम्युनिन्म भनेका थिए । माओले किसानहरूलाई समेटेका थिए र माक्र्सवाद र लेनिनवादलाई मिति पुगेको औषधि भनेका थिए । सबै प्रकारको साम्यवादमा एकदलीय शासन हुन्छ । सर्वसत्तावादी प्रभुत्व हुन्छ । लोकतन्त्र र साम्यवाद विपरीत सिद्धान्तहरू हुन् । त्यसैले व्यक्तिगत स्वतन्त्रताको कल्पना साम्यवादमा गरिँदैन ।

अब नेपालको सन्दर्भमा विश्लेषण केन्द्रित गरौँ । हालसम्म नेपालमा थुप्रै साम्यवादी दलहरू अस्तित्व आएका छन् । पुष्पालालले स्थापना गरेको कम्युनिस्ट पार्टी, मोहनचन्द्र अधिकारीले नेतृत्व गरेको झापा आन्दोलनबाट सृजित माले र यिनै दलहरूबाट विभिन्न समयमा टुक्रिँदै साना साना कम्युनिस्ट पार्टी अस्तित्वमा थिए । यिनै पार्टीहरूमध्येको संयुक्त जनमोर्चाले दस वर्षसम्म माओवादका नाममा भूमिगत हिंसात्मक विद्रोह गरेर १७ हजार नेपालीको हत्यापछि शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आएको नेकपा माओवादी लगायत यी सबै नेपालका कम्युनिस्ट पार्टीहरू हुन् । यी सबै दलहरूमा केही समानताहरू पाइएका छन् । यी सबैको जन्म प्रायः हत्या हिंसाबाटै भएको छ । सबैले स्वार्थलोलुप झुण्डका रूपमा परिचय बनाएका छन् । फुटपरस्त राजनीति नै यिनीहरूको पहिचान बनेको छ । 

विसं २०४६ सालसम्म आइपुग्दा माले प्रमुख कम्युनिस्ट राजनीतिक पार्टी थियो भने २०६३ सालमा आइपुग्दा माओवादी राष्ट्रव्यापी सङ्गठन खडा गरी राष्ट्रिय पार्टीका रूपमा अग्रस्थानमा उभिन सफल भयो । अत्यन्त अस्वस्थ प्रतिस्पर्धा गर्दैगएका मालेबाट रुपान्तरित एमाले र माओवादीबीच एक्कासि २०७४ सालको निर्वाचनमा गठबन्धन भयो  । यो गठबन्धन नेकपा बनेर सत्तामा छ र आफूलाई साम्यवादी, वामपन्थी, समाजवादी, लोकतन्त्रवादी, राष्ट्रवादी सबै भएको दाबी गरिराखेको छ । 

सबै यी कम्युनिस्ट दलहरू पूर्णरुपमा साम्यवादी शासन लागू गर्ने अभिष्टका साथ  आन्दोलित भई समाजलाई आतङ्कित बनाई सत्तामा पुगेका हुन् । यसको प्रमाण नेपालको राजनीतिक इतिहास हो । कम्युनिज्म लोकतन्त्र, समाजवाद, वामपन्थ केही होइन, फगत सर्वसत्तावाद र अधिनायकतन्त्र हो । साम्यवादमा लोकतन्त्रको कल्पना गर्नुसम्म पनि हास्यास्पद हुन्छ ।

माक्र्स र लेनिनले तयार पारेको सिद्धान्तकै आधारमा स्टालिनले देशमा रहेका पत्रकार, बुद्धिजीवी, पुँजीपतिहरूको ठूलो सङ्ख्यामा हत्या गरी बर्बर शासन चलाएकै हुन् । कम्युनिस्टको नाममा माओले चीनमा जनगणतन्त्र ल्याउने क्रममा गरेको आन्दोलनमा एउटा प्रान्तमा मात्र १० लाख मानिसहरूको हत्या गरेका थिए । हत्या, हिंसा र आतङ्क नै कम्युनिस्टहरूको मौलिक पहिचान भएको छ । यस्ता तत्वको सामान्य उपस्थितिमा पनि लोकतन्त्रको विकास हुनै सक्दैन ।

समाजवाद भने लोकतन्त्रमा मात्र हासिल हुन्छ । हो जसबाट सामाजिक न्याय प्रदान शोषणरहित समाज निर्माणको दिशामा अग्रसर होइन्छ । वामपन्थीहरूको सिधा उद्देश्य समाजमा सुधार गर्नु हो, शासकीय कमी कमजोरी सच्याउनु हो । त्यसैले वामपन्थी राजनीतिको अभ्यास लोकतन्त्रमा राम्ररी गर्न सकिन्छ । लोकतन्त्रमा समाजवाद र वामपन्थी विचारधाराले प्रोत्साहन पाउँछ । तर, कम्युनिज्ममा लोकतन्त्र, वामपन्थ र समाजवाद स्वीकार्य हुनै सक्तैन । आधुनिक विश्वमा साम्यवाद उत्तर कोरियामा छ । जहाँ किम जोङ् परिवरको तानाशाहीतन्त्र मात्र चलेको छ ।

नेपालका कम्युनिस्ट घटकहरूमा नेकपाका अध्यक्ष केपी ओलीले पूर्वएमालेभित्र सबै (साम्यवाद, समाजवाद, वामपन्थ र लोकतन्त्र) सुदृढ गरिने प्रतिबद्धता जनाउँदै आएका थिए । यसबाट बुझ्नु पर्ने कुरा हो, कम्युनिस्टहरूले भन्ने गरेको समाजवाद, लोकतन्त्र र वामपन्थ जनतामा भ्रम सृजना गर्ने नारामात्र हुन् । मूल ब्रान्ड कम्युनिज्म नै हो । ओलीले ‘वामपन्थ’ रट लगाउने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिज्मको थेगो दोहोर्याउने गर्न छाड्नुपर्छ । जनतालाई भ्रममा राखी गरिएको राजनीतिले स्थायित्व प्राप्त गर्न सक्दैन । राजनीतिक अस्थिरताको लक्षण देखिन पनि थालेको छ । अहिलेको नेकपा वामपन्थी हुन् कि कम्युनिस्ट ? जुन कित्तामा उभिए पनि प्रस्ट हुनु जरुरी छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC