site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
१०४ वर्षीया महिलाले अस्पताल भर्ना नभई जितिन् कोरोना

काठमाडौं । इंग्ल्यान्डको केन्टमा रहेकी १०४ वर्षिया एक महिलाले कोरोना विरुद्धको लडाईं जितेकी छिन् । घरमै बसेर उपचार गराइरहेकी उनी पछिल्लो तीन हप्तादेखि उठ्न सकेकी थिइनन् । उनलाई सास लिनमा गाह्रो भइरहेको थियो ।

तर बृद्ध उमेरको बावजुद पनि अब उनलाई अस्पतालमा जानुपर्दैन र अब उनी पूर्ण रूपमा निको भइसकेकी छिन् । 

उनको परिवार भन्छ, उनले आफ्नो जीवनको अधिकांश समय बिरामीहरूको सेवामा बिताएकी छिन्, त्यसैले उनीसँग चुनौतीहरूको सामना गर्ने हिम्मत छ ।

उनको जन्म बर्मा (म्यानमार)मा भएको थियो । उनले केही समय भारतमा नर्सको रूपमा काम गरिन् र त्यसपछि १९४६ मा उनी लामो समुद्री यात्रा गर्दै इंग्ल्यान्ड आएकी बीबीसीले जनाएकाे छ ।

उनकी नातिनी क्रिस्टल अपोलोनिया लन्डनमा मेकअप कलाकारको रूपमा काम गर्छिन् । उनी भन्छिन्, “उहाँ केही हप्ता अघि बिरामी पर्नुभयो । डाक्टरले उहाँको स्वास्थ्यको बारेमा बताउँदा हामी साह्रै डरायौं । हामीलाई थाहा थियो धेरै मानिसहरू कोरोनाबाट मरेका छन्, जहाँ हामी बस्छौं ।”

“तर जब उहाँले आफूमा कोरोना पोजेटिभ भएको थाहा पाउनुभयो उहाँलाई कुनै आपत्ति थिएन,” क्रिस्टल भन्छिन् “ हजुरआमा विचारले युवती हुनुहुन्छ र उहाँले आफ्नो दैनिक व्यायामलाई निरन्तरता दिन चाहनुभयो ।” 
 

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  ०६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro