site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मास्क नलगाउनु मापसे गरेर गाडी चलाउनुजस्तै हो !
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोभिड–१९ विश्व महामारी चलिरहेको अवस्थामा मास्क लगाउन नमान्नु मापसे गरी सवारी चलाउनु जत्तिकै सामाजिक रुपमा अस्वीकार्य भएको विज्ञहरुले बताएका छन् ।  यसरी उनीहरुले सार्वजनिकस्थलमा रहेका बेला आफू र आफ्ना वरपरका सबैको सुरक्षाका निम्ति भए पनि अनिवार्यरुपमा मास्क लगाउन आग्रह गरेका हुन् । 

पछिल्लो समय अमेरिका, बेलायत, फ्रान्सलगायत विभिन्न पश्चिमी मुलुकमा नागरिकहरु मास्क लगाउनेविरुद्ध रहेको पाइएको छ ।  केही दिन अगाडि मात्र फ्रान्समा एक बस चालकको यही विषयमा यात्रुसँग विवाद हुँदा उनीमाथि भएको कुटपिटका कारण ज्यानै गुमाउनु परेको थियो ।  सो घटनाले अहिले पूरै देशलाई स्तब्ध बनाइदिएको छ जबकि फ्रान्समा धेरै समय अगाडि नै सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम जारी गरिएको थियो  । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी सरकारले बारम्बार अनुरोध गरे पनि अझै धेरैले मास्कलाई झन्झट र अनावश्यक मान्दै आएको पाइएको छ ।  अमेरिकामा मात्र यसका कारण थुप्रै दुर्घटना घटिसकेका छन् जहाँ राष्ट्रपति ट्रम्प नै पहिले मास्क लगाउने विरुद्धमा थिए ।  उनले आइतबार मात्र पहिलोपटक सार्वजानिक स्थलमा मास्क लगाएका हुन् । 
त्यस्तै मास्क नलगाइ र्यालीमा समेत सहभागी भएका ब्राजिलका राष्ट्रपति जैर बोल्सेनेरोलाई पनि यसअघि अदालतले नै आदेश दिनु परेको थियो जो यतिबेला संक्रमित अवस्थामा छन् । 

यसरी मानिसहरु सामाजिक दुरी र नियमित हात धुने कुरालाई गम्भीर रुपमा लिए पनि मास्क लगाउनुका फाइदाबारे अझै शंकामा छन् भने उचित नीतिको अभावमा त्यस्ता देशहरु, कोभिडलाई नियन्त्रण गर्नमा पछाडि परिरहेका छन् । यसको उदाहरण पश्चिमी मुलुकका सार्वजानिक बसमै प्रशस्त देख्न सकिने विज्ञहरुले बताएका छन् जहाँ धेरैले मास्क लगाउनुपर्ने नियम बेवास्ता गरिरहेका हुन्छन् । 

Global Ime bank

यसअघि स्वास्थ्यविद्हरुले दशौँ हजार मानिसको ज्यान जोखिममा नपारी अर्थतन्त्र खुलाउनु छ भने सबैले अनिवार्य मास्क लगाउनैपर्ने  बताएका थिए ।  तर मास्क लगाउँदा आफूसँगै अरुलाई पनि बचाउन सकिने थुप्रै प्रमाण प्राप्त भइसकेतापनि धेरैले यसलाई अस्वीकार गरिरहेका छन् ।  गत जुनमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण तीव्र भएका क्षेत्रमा सबैले कपडाको भए पनि मुख छोप्न सुझाव दिएको थियो । 

अमेरिकाको रोग नियन्त्रण एवम् रोकथाम केन्द्रले पनि सार्वजनिक स्थलमा कपडाले नाकमुख छोप्नैपर्ने बताउँदै आएको छ ।  यसअघि युनिभर्सिटी अफ वासिङटन इन्सटिटिउटले गरेको अध्ययनमा ९५ प्रतिशत अमेरिकीहरुले मास्क लगाएर हिँड्ने गरेमा आगामी अक्टोबरसम्म ३३ हजारलाई मृत्युबाट जोगाउन सकिने बताएको थियो । 

तर जानेर बुझेर पनि आफ्नोसहित अरुको ज्यान जोखिममा पार्नेहरु भने वास्तवमै सामाजका अपराधीसरह भएको यसअघि हलिउड कलाकार टम ह्याङ्कसले बताएका हुन् ।  सार्वजनिक स्थलमा मास्क लगाउन नमान्नेहरुप्रति आफ्नो कुनै सम्मान नरहेको उनले बताएका थिए जो कोरोना संक्रमित भइ यतिबेला ठीक भइसकेका छन् ।

त्यस्तै माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सले पनि अमेरिकामा अझै धेरैले कोरोनालाई गम्भीर रुपमा नलिएको र मास्क नलगाइ हिँड्ने गरेकाप्रति ठूलो दुःख व्यक्त गरेका हुन् ।  सीएनएन 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC