site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टी एकताको चुँडिन लागेको डोरी जोडियो : पोखरेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्यहरूले पार्टी एकताको चुँडिन लागेको डोरी जोडिएको बताएका छन् । पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै संवादको प्रकृयालाई अघि वढाउन भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन नसक्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“पार्टी एकताको चुँडिन लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरूको सकारात्मक साथसहयोग रहने विश्वासका साथ म आजै कार्यक्षेत्रमा (बुटवल) फर्किएको छु । हुने सबै धन्यवादको पात्र हुनुहुन्छ,” मुख्यमन्त्री पोखरेलले भनेका छन्, “पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो र पार्टी एकताको रक्षाबाट नै उज्यालो भविष्य सुनिश्चित हुन्छ ।”

उनले पार्टी एकताको रक्षाका लागि एकताको मुलमर्म र भावनाको अनुशरण गर्न आग्रह गरेका छन् । “निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन सक्दैन । नेपालभारत बीचको सीमा विवाद समाधान गर्ने उद्देश्यकासाथ नेपालका सबै भूभाग समेटिएको नक्सा प्रकाशन पछि मुलुक सम्वेदनशील मोडमा उभिएको छ,” उनले भनेका छन् ।

Global Ime bank

सबै राजनीतिक दलको समर्थनमा संविधानको अनुसूचीमा त्यसलाई समावेश गरिएको भन्दै यो ऐतिहासिक कदम नेपाली स्वाभिमान र अखण्डताको रक्षाको राष्ट्रिय सङ्कल्प भएको उनको भनाइ छ ।

छिमेकी भारत त्यसवाट आक्रोशित बनेका बेलामा त्यसको नेतृत्वगर्ने प्रधानमन्त्रीलाई सिङ्गो राष्ट्र एकभएर साथ दिने बेलामा पार्टीमै विवाद देखिनु राम्रो नभएको बताएका छन् । 

“यसप्रति सबैको ध्यान अवश्य गएको हुनुपर्छ,” उनको भनाइ छ, “यतिबेला जनता कोभिड–१९ र बाढी पहिरोको त्रास र पीडामा छन् । उनीहरूको सेबागर्नु हामी सबैको कर्तव्य हो । अध्यक्षद्वयले परिस्थितिको गम्भीरतालाई मननगरी चालु बैठकलाई एक साताका लागि स्थगन गर्नुभएको छ ।”

उनले जारी धर्ना, जुलुस र वादप्रतिवाद रोक्न आग्रह गरेका छन् । “धर्ना, जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरू स्थगन गरेर पीडामा रहेका जनताको सेवामा जुटौँ । बेमौसमी बाजाको कर्कश धुन कसैलाई प्रिय हुँदैन,” उनले अपिल गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  २२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC