site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेलम्चीको निर्माण सम्पन्‍न, छिट्टै उद्घाटन
Sarbottam CementSarbottam Cement

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको हो । पानी पठाइए पनि सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने बताइएको छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीका अनुसार सुरुङमा पानी हालि सकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी वितरणको प्रक्रिया सुरु गरिनेछ । त्यसलगतै मेलम्ची खानेपानी आयोजनाको उद्घाटन हुनेछ ।

सुरुङ मार्गमा पानी पथान्तर गरिएसँगै मेलम्चीबारे दशकौंदेखि रहेका आशंका र अन्याेल अन्त्य भएको बताइएको छ । आयोजानाले यसअघि नै सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी सम्पन्न गरिसकेको दाबी गरेको छ । सुरुमा परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रति सेकेन्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअनुरुप पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिएपछि पूर्ण भरिएको सुरुङलाई केही दिन यथास्थितिमा राखिनेछ । त्यसपछि पानी भरिएकै दरमा सुरुङ्ग खाली गरिन्छ । त्यसक्रममा सुरुङको अवस्थाको पूर्ण परीक्षण गरिएपछि कुनै समस्या देखिएमा आवश्यकता अनुसार समाधान गरिनेछ । र, त्यसपछि भने नियमित रुपमा पानी पथान्तरण गरी काठमाडौं उपत्यकाको वितरण प्रणालीका लागि उपलब्ध हुने आयोजनाको दाबी छ ।

सुरुङमा पानी पथान्तरण गरिएसँगै काठमाडौंबासीको दुई दशकभन्दा लामो प्रतीक्षा सम्बोधन भएको खानेपानी मन्त्रालयको दाबी छ । मन्त्रालयले भनेको छ, ‘सुरुङमा पानी पथान्तरण गरेसँगै आजैका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको जानकारी गराइन्छ ।’

Global Ime bank

के हो मेलम्ची ?

काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि विभिन्न प्रयासहरु गर्दै आएको थियो ।

यसै क्रममा नेपाल सरकारले विसं २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालेकोमा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची लगायत विभिन्न २२ वटा विकल्पहरु पहिचान गरेको थियो ।

विसं २०४९ को तुलनात्मक अध्ययनबाट आर्थिक र प्राविधिक रुपमा उत्तम विकल्पको रुपमा मेलम्ची, याङ्ग्री र लार्के नदीहरुबाट दैनिक कुल ५१ करोड लिटर (प्रत्येकबाट १७ करोड लिटर) पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।

प्रवेशमार्ग लगायतका पूर्वाधार निर्माणका प्रारम्भिक कार्यहरु तथा आयोजनाको विस्तृत डिजाइन सम्पन्न भएसँगै विसं २०६६ देखि सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका अन्तर्गत अम्बाथानबाट काठमाडौं उपत्यकाको सुन्दरीजलसम्म पानी प्रवाह गर्न करिब २७.५ किमि सुरुङ निर्माण कार्य चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरियो ।

उक्त निर्माण व्यवसायीबाट सन्तोषजनक प्रगति हुन नसकेका कारण २०७० मा ठेक्का सम्झौता रद्द गरियो । त्यसपछि नियुक्त दोस्रो निर्माण व्यवसायी इटलीको सीएमसीले सुरुङको ब्रेकथ्रु गरेको भए तापनि २०७५ पुस १ देखि एकतर्फी रुपमा निर्माणस्थल छाडेपछि मेलम्ची आयोजनाले निजसँगको ठेक्का रद्द गरी वैकल्पिक व्यवस्था गर्नु परेकाले आयोजना सम्पन्न गर्न थप ढिलाइ भएको थियो ।

सुरुङको बाँकी काम एक वर्ष भित्रमा सम्पन्न गर्न समितिले तत्कालै द्रुत प्रक्रिया अपनाई चिनियाँ कम्पनी सिनोहाइड्रोसँग २०७६ असोज १२ मा सम्झौता भयो । त्यसैगरी हेडवर्क्स निर्माणका कार्य १५ महिनाभित्र सम्पन्न गर्ने गरी सोही कम्पनीसँग २०७६ असोज २४ गते अर्को छुट्टै सम्झौता गरियो ।

सम्झौता अनुसार सुरुङका बाँकी कार्यहरु र पानी पथान्तरण गर्न आवश्यक वैकल्पिक  संरचनाहरुको निर्माण निर्धारित समयमा सम्पन्न गर्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले निर्माण व्यवसायीलाई नियमित रुपमा आवश्यक सहजीकरण गरिएको र सो कार्य समयमै सम्पन्न भएको छ । हेडवर्क्सको सबै काम २०७७ भित्र नै सम्पन्न गर्ने मन्त्रालयको दाबी छ ।

बाग्मतीमा बाढीको चेतावनी

पानी पथान्तरण सुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रका साथै बाग्मती नदीमा कुनै पनि बेला पानीको बहाब बढ्नसक्ने मन्त्रालयको दाबी छ । मन्त्रालयले नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई सूचित गरेको छ ।

मन्त्री मगरले भनिन् : ऐतिहासिक उपलब्धी

यसैक्रममा मेलम्ची निर्माण सम्पन्न भएको जानकारी गराउन आइतबार पत्रकार सम्मेलन गरियो । जहाँ बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरव बोध भएको बताइन् ।

मगरले भनिन्, “मेलम्चीबारे थुप्रै आशंका थिए । आम जनतामा निराशा थियो । मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ता पनि थिए । तर, हामीले चुनौतीसँग जुध्यौं । ती सबै आशंकाहरु, अन्याेलहरु, गलत प्रचारहरु हटाएर रातदिन काममा खटिरह्यौं । आज आयोजना सम्पन्न भएको छ । यो हाम्रा लागि ऐतिहासिक उपलब्धी हो ।”

मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । उनले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि निकै मिहिनेतका साथ आयोजना सम्पन्न गर्न लागिरहेको दाबी गरिन् ।
पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले अब छिटै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC