site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थसम्बन्धी ५ विधेयक राष्ट्रपतिबाट एकैपल्ट प्रमाणीकरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपल्ट ५ विधेयक प्रमाणीकरण गरेकी छन् । भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भएका अर्थसम्बन्धी ती विधेयक प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार प्रमाणीकरणका लागि पेस भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएका हुन् ।

प्रमाणीकरण भएका विधेयकहरु आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यका लागि सङ्‍घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC