site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कम्युनिस्टहरूलाई आफू सत्तामा भएका बेला भारत र अमेरिकाको विरोधमा चीनदेखि भेनेजुयलासम्मको समर्थनमा राष्ट्रलाई उभ्याउने लोभ लाग्नु अस्वाभाविक नहोला । तर, नेपालको भूराजनीतिक अवस्थिति र शासन प्रणालीका कारण लोकतान्त्रिक विश्वलाई निषेध गर्नसक्ने अवस्था नभएको कम्तीमा सत्तारुढ दलले आत्मसात नगर्नु भने प्रत्युत्पादक हुन्छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हालैका केही उत्ताउला क्रियाकलापले नेपालको अहित हुने जोखिम बढेको छ । भारतसँग नयाँ नक्साका विषयमा सम्बन्ध चिसिएको छ । त्यति नै बेला चीन र भारतबीच सीमामा झडप भएको छ र थुप्रै निशस्त्र भारतीय सैनिक मारिएका छन् । यस्तो अवसरमा नेपालको सत्तारुढ दलले चीनको कम्युनिस्ट पार्टीबाट प्रशिक्षण लिँदा नेपाल चीनतर्फ ढल्केको सन्देश गएको छ ।

भारतले अतिक्रमण गरेको भूभाग समेटेर बनाइएको नयाँ नक्सा नेपालअनुसार निसान छाप सच्याउन प्रस्तुत संविधान संशोधन विधेयक संसद्ले सर्वसम्मतिबाट पारित गरेको छ । यसले बलियो राष्ट्रिय एकताको सन्देश दिएको थियो । तर, त्यसलगत्तै सत्तारुढ दलले त्यसलाई नेकपाको उपलब्धिका रूपमा प्रचार गरेर अरू दलको भूमिका गौण बनाउन खोज्यो । राष्ट्रिय हितलाई दलगत फाइदाभन्दा माथि राख्नुपर्थ्यो । भारतसँग सम्बन्ध सुधार नहुँदै अझ अतिक्रमित भूभाग नेपालको नियन्त्रणमा नआउँदासम्म अरू पार्टीलाई बिच्क्याउने काम सत्तारुढ दलले गर्नु हुँदैनथियो । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अमेरिकी अनुदान सहयोगसम्बन्धी सम्झौता सम्बन्धमा सत्तारूढ दल नेकपा (नेकपा)का नेताहरूले गरेको भ्रामक प्रचारवाजीमा पनि लोकतान्त्रिक विश्वप्रतिको शीतयुद्धकालीन कम्युनिस्ट पूर्वाग्रह नै झल्केको छ । यस्तो संवेदनशील समयमा नेपालको सत्तारुढ दलका नेताहरूले चिनियाँ कम्युनिस्ट पार्टीका नेताबाट प्रशिक्षण लिएर उत्तेजना र अविश्वास बढाउने कार्य गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय हितका लागि आवश्यक पर्दा कुनै पनि शक्ति वा राष्ट्रसँग झुक्नु पर्दैन । राष्ट्रिय हितका सबालमा नेपालका सबै राजनीतिक दल र नागरिकहरू उत्तिकै संवेदनशील छन् र ऐक्यबद्धता प्रकट गर्छन् । तर, यसको अर्थ सरकार वा सत्तारुढ दलले छिमेकी वा अरू देशहरूसँग विनाकारण निहुँ खोज्ने वा अविश्वास बढाउने कार्य गर्दै हिँडे हुन्छ भन्ने हैन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै अध्यक्षमध्येका एक जनाले ‘बेला न कुबेला भेनेजुएला’ गर्दा चिसिएको सम्बन्ध सच्याउन नेपालका परराष्ट्रमन्त्रीलाई निकै कठिन भएको थियो । अहिले तिनै अध्यक्ष एकातिर एमसीसीविरुद्धको भ्रामक प्रचारवाजीको अग्रपंक्तिमा छन् भने अर्कातिर उनैको नेतृत्वमा भएको ‘कुबेलाको प्रशिक्षण’ले छिमेकीसँगको सम्बन्ध थप चिस्याउने र देशभित्र पनि अविश्वास बढाउने काम गरेको छ । 

कम्युनिस्ट प्रचारवाजीका लागि यो प्रशिक्षण लाभदायी पनि हुनसक्ला तर देशको हित र कूटनीतिक दृष्टिबाट हेर्दा प्रशिक्षणले नेपालले नक्सा प्रकरणमा हासिल गरेको रणनीतिक लाभलाई गौण बनाइदिएको छ । सत्तारुढ दलकै नेताहरू महाभारतकालीन शल्यका नयाँ अवतारमा देखा पर्न थालेपछि देश र जनताले दुःख पाउनु कुन आश्चर्य भयो र ? नेपाल चीनतर्फ ढल्किएको सिद्ध गरेर लोकतान्त्रिक विश्वबाट अलग्याउने सत्तारुढ दलको षड्यन्त्र देशका लागि प्रत्युत्पादक हुनेछ । त्यतिमात्र हैन नेपालको राजनीतिमा नमुछिएका कारण यहाँका सबै राजनीतिक शक्ति र जनताको पनि सद्भाव पाउँदै आएको चीनकै लागि पनि दीर्घकालीनरूपमा यस्तो सम्बन्धले लाभ पुग्दैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग चीन जति लहसिन्छ अरू पार्टी र जनसाधारणमा चिनियाँ भूमिकाप्रति उति नै सन्देह बढ्दै जान्छ । यसैले नेपालको हित चिताउने र चीनसँग दिगो र बलियो मित्रता कायम रहोस् भन्ने चाहने सबैले सरकारलाई उत्ताउलो प्रवृत्ति नदेखाउन सावधान गराउनु जरुरी छ । नेपालको डुँगा अलिकतिमात्रै पनि कतैतिर ढल्कियो भने घोप्टिन सक्छ भन्ने नबिर्सौँ ।    
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ७, २०७७  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC