site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
घरमै बसेर २१ देशका कलाकारको कला हेर्ने मौका

काठमाडौं । लकडाउनलाई पालना गर्दै घरभित्रै बसेर सिर्जना गरिरहेका विश्वभरिका कलाकारहरूको कला एकैथलोमा हेर्ने मौका मिलेको छ ।

लकडाउनले जुराएको यस मौकामा अनलाइनमार्फत् कला प्रदर्शनी हुन लागेको हो ।

क्लासिक ग्यालरीले पहिलोपटक यस अन्तर्राष्ट्रिय अनलाइन कला प्रदर्शनीको आयोजना गरेको हो । ‘बियोन्ड पान्डामिक–आर्ट कनेक्ट्स पिपल’ शीर्षकमा हुने प्रदर्शनीको उद्देश्य यो महामारीको समयमा विश्वभरिका कलाकारहरूलाई जोड्ने रहेको छ ।

भर्चुअल अन्तर्राष्ट्रिय कला प्रदर्शनीको उद्देश्य प्रष्ट्याउँदै ग्यालरी सञ्चालिका तथा प्रदर्शनीकी क्युरेटर सरिता डंगोल भन्छिन्, “यो विषम परिस्थितिमा प्रदर्शनीको आयोजना गर्नुको एक मात्रै उद्देश्य भनेकै विश्वभरिका कलाकारलाई एकैथलोमा ल्याएर सम्बन्ध विस्तार गर्ने र उनीहरूको कलालाई विश्वव्यापीकरण गर्नुरहेको छ ।” 

प्रदर्शनीमा कलाका विभिन्न स्वरूप मूर्तिकला, सिरेमिक, प्रिन्ट मेकिङ, पोटरी र चित्रकलाको रूप देख्‍न सकिन्छ । 

साथै यो लकडाउनमा स्टुडियो जान नपाएर घरमै भएका सीमित स्रोतको उपयोग गरी सिर्जना गरिएका कलाकारका कलालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पनि प्रदर्शनीको आयोजना गरेको डंगोल बताउँछिन् । 

यस प्रदर्शनीले लकडाउनले ठप्प बनाएका कला बिक्रीमा पनि केही राहत मिल्ने उनको अपेक्षा छ ।

प्रदर्शनीमा सहभागी हुन इच्छुक कलाकारका लागि केहीदिन अघि नै ओपन कलमार्फत् सहभागी हुन आह्वान गरिएको थियो । जसमा सहभागी २१ देशका १०० कलाकारहरूको कला प्रदर्शनीमा राखिनेछ । 

प्रदर्शनी १५ जुन (भोलि) मा बिहानको ११ बजे क्लासिक ग्यालरीको आधिकारिक युट्युब च्यानलबाट प्रिमियर गरिनेछ । 

भने हरेक दिन ५–५ जना कलाकारको कलालाई ग्यालरीकै इन्स्टाग्रामपेजमार्फत् पनि सेयर गरिनेछ ।

कलाको दृश्यपान गर्न ग्यालरीमै गएर अवलोकन गर्नु भर्चअलमार्फत् गर्नुभन्दा अझै मीठो हुने भए पनि यो समयमा त्यो सम्भव नहुने भएकाले अनलाइनबाहेक अरू विकल्प नभएको क्युरेटर डंगोलको बुझाइ छ । 

तर, दुवैको आ–आफनै सकारात्मक र नकारात्मक पक्ष हुने भएकाले समयको माग अनुरूप अघि बढ्नु पर्ने कुरामा उनले जोड दिए ।

पहिलोपटक अनलाइनमार्फत् समन्वय गरेकाले केही गाह्रो भए पनि यो प्रदर्शनीका लागि आशावादी रहेको बताए ।

प्रदर्शनीमा नेदरल्यान्ड, इरान, अरमेनिया, नेपाल, फिलिपिन्स, भारत, सिंगापुर, जर्मनी, संयुक्तराज्य अमेरिका, हंगेरी, नर्वे, लेब्‍नान, सेनेगल, इजिप्ट, पोर्चुगल, बंगलादेश, मलेसिया, बुल्गेरिया, थाइल्यान्ड, टर्की र दुबईका कलाकारहरुको उपस्थिति रहने छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro