site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ को उत्साहजनक व्यापार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ ले उत्साहजनक व्यापार गरेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ ले अपेक्षित व्यापार गरेको उक्त चलचित्रका निर्देशक ऋषीराज आचार्यले जानकारी दिए । 
“चलचित्रले राम्रो व्यापार गरिरहेको छ । शुक्रबार सन्तोषजनक व्यापार गरेको चलचित्र शनिबार निकै राम्रो व्यापार गर्यो,” निर्देशक आचार्यले भने,“माउथ पब्लिसिटीले शनिबार काडमाडौं उपत्यका र बाहिर सबै हल तथा मल्टिप्लेक्स र क्युएफएक्स हरुमा हाउसफुल भयो ।”
‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ कि नायिका सुरजनी केसीले आइतबार बिहान पनि हलहरु हाउसफुल भएको बताइन् । “कस्तो होला भनेर सुरुमा त डर लागिरहेको थियो,” केसीले भनिन्,“रिलिज भएपछि सबैले राम्रो भन्नु भएको छ । चलचित्र हेर्नेहरुले कसैले पनि नराम्रो भन्नु भएको छैन ।”
कुल ६५ लाखमा बनेको चलचित्रले लगानी उठाउनेमा आफू ढुक्क भएको निर्देशक आचार्यले बताए । चलचित्रमा शुसान्त कार्की, सुशील सिटौला, शिशिर भण्डारी र सुरजनी केसीको मुख्य अभनिय रहेको छ । 
चलचित्र विस्तारै लोप हुँदै गएको ‘जार प्रथा’मा आधारित छ । ओखल ढुङ्गा र रामेछापका दुर्गम गाउँमा छायांकन गरिएको छ ।  
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २३, २०७३  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC