site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
आईजीपी भन्छन्– कोरोनाबाट आत्तिएका छैनौं, मैदान छाडेर भाग्दैनौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले कोरोना संक्रमणबाट आफूहरू नआत्तिएको बताएका छन् । बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै आईजीपी ज्ञवालीले आफूहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि कर्तव्यबाट विमुख नहुने बताएका हुन् ।

समाजमा प्रहरी जानैपर्ने र समाजमा जाँदा जोखिम स्वभाविक भएको आईजीपी ज्ञवालीको भनाइ छ । उनले भने, “प्रहरीले ठूला–ठूला जोखिमको सामना गर्दै यहाँसम्म आइपुगेको हो । संक्रमित हुँदा मनोवैज्ञानिक रुपमा केही असर पर्दैन भन्ने त होइन । तर यसलाई सावधानीपूर्वक सामना गर्नुको विकल्प छैन । संकटमै हो प्रहरी फ्रन्टलाइनमा उभिने । यस्तोमा मैदान छाडेर भाग्दैनौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

प्राप्त स्वास्थ्य सामग्रीको अधिकतम प्रयोग गर्दै प्रहरी कर्मचारी कार्य क्षेत्रमा खटिएको र राष्ट्रप्रतिको जिम्मेवारी उच्च मनोबलका साथ गर्न निर्देशन दिइएको ज्ञवाली बताउँछन् । सरकारले निर्देशन गरेको लकडाउनको पालनासँगै शान्ति सुरक्षालगायत अन्य जिम्मेवारी पनि प्रहरीले कुशलतापूर्वक निर्वाह गरिरहेको उनको भनाइ छ ।

देशभर सोमबार साँझसम्म १६ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीका अनुसार बारामा ७, धनकुटामा २, काठमाडौंमा २, धनुषामा २, कपिलवस्तुमा २ र बाँकेमा एक गरी १६ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Global Ime bank

यसबाहेक कालीमाटीका २३१ प्रहरीको आरडीटी परीक्षणको नतिजा आउन बाँकी छ । प्रहरी पनि कोरोनाको जोखिममा रहेको बताउँदै प्रवक्ता शाहीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई अंगीकार गरेर प्रहरी कार्यक्षेत्र र व्यारेकमा बसेको बताए । यसबाहेक समस्या देखिएका प्रहरी कर्मचारीको स्वास्थ्यजाँचलाई समेत निरन्तरता दिइएको उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC