site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यस पटक सस्तो मेला बजार नलाग्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
पेरिस । उत्तरी फ्रान्सको लिले नगरमा हरेक बर्ष सेप्टेम्बर महिनाको पहिलो आइतबारका दिन लाग्दै आएको मेला र हाट बजार फ्ली मार्केट आतङ्कवादी आक्रमणका भयले यस पटक नलाग्ने भएको छ । 
बाह्रऔं शताब्दीदेखि लिले नगरमा चल्दै आएको ला ब्रादरी डे लिले नामबाट परिचित यस बार्षिक मेला युरोपमा सबभन्दा ठूलो र अत्यन्त पुरानो मानिएकोले विश्व प्रसिद्ध थियो । 
यस मेलामा हाट बजार लागी अत्यन्त सस्तो मूल्यमा सरसामान पाइने हुँदा युरोप तथा विश्वभरीका दसौं लाख मानिसहरुका लागि आकर्षणको केन्द्र हुने गथ्र्यो । 
लिले महानगरका मेयर मार्टिन ओब्रिले एक पत्रकार सम्मेलन गरी यसपाली मेलाको आयोजना नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् । 
मेयरको यस्तो निर्णय प्रति केही स्थानीय व्यापारीले आपत्ति र आक्रोश प्रकट गरेकामा ‘यस्तो निर्णय लिनु पर्दा मेरो छाति चसक्क दुखेको छ, तर के गर्नु हाम्रा सार्पसुटर कमाण्डो, दङ्गा प्रहरी, हवाइ सुरक्षा बललगायत उच्चतहका सुरक्षा अङ्गहरुले यसपटकको मेला आयोजना नगर्न सुझाव दिए’ मेयरले भने ।  
फ्रान्स अझै आतङ्कवादी आक्रमणको भयवश संकटकालको स्थितिबाट मुक्त हुन सकेको छैन । गत महिना मात्र निस आक्रमणमा परी ८० भन्दा बढी निर्दोष जनताले ज्यान गुमाउनु परेको र यसको दुई हप्ता पछि नोम्र्यान्डीमा एकजना प्रख्यात पादरी पुरोहितको हत्या भयो । यी दुबै आतङ्कवादी आक्रमणहरुको दावी र जिम्मा इस्लामिक स्टेट आइएसए समूहले लिएको छ । 
गत शुक्रबार मात्र फ्रेन्च प्रहरीले एकजना अफगानिस्तानी शरणार्थीलाई तत्कालै कहीं आतङ्कबादी आक्रमण गर्ने योजना बनाएको आशङ्कामा पक्राउगरी नियन्त्रणमा लिएको फ्रान्सको स्थानीय सरकारी रेडियोले जनाएको छ । रासस/सिन्हवा 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २३, २०७३  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC