site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चाङशा उड्यो हिमालय, ट्युनिसियाबाट फर्कियो श्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सको न्यारो बडी ए३२० जहाज आज साँझ चीनको चाङ्शा उडेको छ । 

कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन चाङ्शा उडेको हिमालय एयरलाइन्सको जहाज शनिबार काठमाडौँ फर्कने तालिका रहेको विमानस्थलका महाप्रबन्धक  केसीले जानकारी दिनुभयो । चीनबाट निजी व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन हिमालयको जहाज कार्गो चार्टर्ड गरेको बताइएको छ ।्

Prabhu Bank
Agni Group
NIC Asia

नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले बन्दाबन्दीमा चीनका विभिन्न गन्तव्यबाट स्वास्थ्य सामग्री ल्याइरहेको छ । 

पछिल्लो पटक चीनका बेइजिङ, ग्वाङ्जाओ, चाङ्सालगायत गन्तव्यबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ल्याइरहेका छन् । हालै निगमको वाइड बडी जहाजले  ग्वाङ्जाओबाट दुई चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ल्याएको थियो । 

Global Ime bank

निगमको वाइड बडी जहाज भ शनिबार पनि स्वास्थ्य सामग्री लिन चीन जाने बताइएको छ । निगमका पछिल्ला तीन वटै उडान नेपाली सेनाले खरीद गरेको स्वास्थ्य सामग्री लिन चार्टर्ड गरिएको हो ।

ट्युनिसियाबाट फर्कियो श्री

श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाजले अफ्रिकी मुलुक ट्युनिसियाबाट नेपाली सेनाका एक अधिकृतको शव लिएर आजै काठमाडौँ फर्किएको विमानस्थलले जनाएको छ ।
    
ट्युनिसियामा शान्ति सेनाका रुपमा खटिएका ती अधिकृतको मृत्यु भएपछि उहाँको शव लिन श्री एयरलाइन्सको कार्गो चार्टड उडानको जहाज बिहीबार ट्युनिसिया गएको थियो । एक्काइस दिनअघि हृदयाघातबाट मृत्यु भएका एक अधिकृतको शव लिन संयुक्त राष्ट्र संघको खर्चमा नेपाली सेनाले चार्टर उडान गरेको बताइएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ००:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC