site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जापानको नारिता उड्यो नेपाल एयरलाइन्स
Sarbottam CementSarbottam Cement

टोकियो । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी  तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज राति ९ः४५ बजे निगमको जहाजले नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए । जम्मा २६८ यात्रुमध्ये १९७ नेपाली छन् । उनीहरु जापानमा बसोबास गर्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालस्थित जापानी दूतावासका पहलमा निगमको वाइड बडी जहाजले चार्टर्ड उडान गरेको बताइएको छ । बन्दाबन्दीमा निगमको जापानमा यो तेस्रो पटकको चार्टर्ड उडान हो । 

सोही गन्तव्यमा यसअघि यही जेठ २ गते निगमको वाइड बडी जहाजले दोस्रो पटक चार्टर्ड उडान गरेको थियो । गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान गरेको थियो । 
नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो । निगमको वाइड बडी जहाजले काठमाडौंको सुमेघ टूर एन्ड ट्राभल्स प्रालिसँग काठमाडौँ–नारिता(जापान) चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।

Global Ime bank

नेपाल एयरलाइन्सले नारितातामा गत फागुन १९ गतेदेखि सीधा उडान सेवा शुरु गरेको थियो । कोभिड—१९ को संक्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाल स्थगन भएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC