site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाकिस्तानको विमान दुर्घटनाप्रति प्रधानमन्त्री ओली स्तब्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाकिस्तानमा शुक्रबार दिउँसो भएको विमान दुर्घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओली स्तब्ध भएका छन् । 

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ट्विटरमार्फत् आफू स्तब्ध भएको जनाएका हुन् । उनले ट्विटमा भनेका छन्, "आज पाकिस्तानमा विमान दुर्घटना भएको खबर सुनेर म साह्रै स्तब्ध भएँ । पाकिस्तान सरकार र आफन्त गुमाएका शोक सन्तप्त परिवारका सदस्यप्रति हार्दिक संवेदना ।"

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले उक्त विमान दुर्घटना घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । 

लाहुरबाट चालक दलका आठ सदस्यसहित ९१ यात्रु बोकेर लाहुरबाट उडेको विमान पाकिस्तानी दक्षिणी सहर कराचीमा दुर्घटना भएको थियो । 

Global Ime bank

दुर्घटना अहिलेसम्म ११ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने एकजना बाँच्‍न सफल भएकोसमेत पुष्टि गरिएको छ । 

आवासीय क्षेत्रमा दुर्घटना भएका कारण मृत्यु हुनेको संख्या बढ्नसक्‍ने बताइएको छ । दुर्घटनाबाट चारवटा घरहरुमा पूर्णरुपमा क्षति भएको छ। 

<blockquote class="twitter-tweet"><p lang="en" dir="ltr">I am deeply shocked to hear the news about the plane crash in Pakistan today.<br>Heartfelt condolences to the government of Pakistan and the bereaved family members who lost their loved ones.<br>I wish for the speedy recovery of those injured.</p>&mdash; K P Sharma Oli (@kpsharmaoli) <a href="https://twitter.com/kpsharmaoli/status/1263824995580440579?ref_src=twsrc%5Etfw">May 22, 2020</a></blockquote> <script async src="https://platform.twitter.com/widgets.js" charset="utf-8"></script>

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC