site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘मेरो प्यारो ओखलढुंगा...’
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज युवकवि सिद्धिचरण श्रेष्ठको १०९औं जन्मजयन्ती । विसं १९६९ जेठ ९ गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । 

उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रर्वतक मानिन्छन् । लकडाउनका कारण उनको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उनका छोरा रविचरण श्रेष्ठले बताए । उनका परिवारले काठमाडौंको न्युरोड स्थित धर्मपथमा रहेको शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

युवकवि श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रूपमा चिनिन्छन् । उनले आफ्नो जीवनको साढे ६ दशकको साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रासंस्मरण लगायतका विधामा सफलतापूर्वक कलम चलाएका छन् । उनका ‘मेरो प्यारो ओखलढुंगा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायत मर्मस्पर्शी रचना सर्वाधिक चर्चामा छन् । 

उनका कतिवा संग्रह ‘मेरो प्रतिविम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरू ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायत कृति छन् । युगकवि श्रेष्ठको २०४९ जेठ २२ गते निधन भएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC