site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना सङ्क्रमितलाई नरैनापुरमै व्यवस्थापन गरिने
Sarbottam CementSarbottam Cement

बाँके । बाँकेको नरैनापुरमा आज भेटिएका ४७ सङ्क्रमितलाई नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिने भएको छ ।  

एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित फेला परेपछि नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको सुविधायुक्त भवनलाई आइसोलेशन अस्पतालका रुपमा सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार प्रदेश सरकारले खजुराको क्यान्सर अस्पतालमा सञ्‍चालन गरेको कोरोना विशेष आइसोलेशन अस्पतालकै रुपमा आइसोलेशन अस्पताल सञ्‍चालन हुनेछ । 

लक्ष्मणपुर स्वास्थ्य केन्द्र चिकित्सकको दरबन्दी भए पनि केही वर्षदेखि चिकित्सकविहीन छ । निजी अस्पतालले शय्यालगायत आवश्यक सामग्री सहयोग गरिसकेकाले भेरी अस्पतालको मातहतमा रहने गरी नरैनापुरमा आइसोलेशन सञ्‍चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ । 
 
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन अस्पताल सञ्चालनका लागि पूर्वाधार अध्ययन भइरहेको जानकारी दिए । 

Global Ime bank

सङ्क्रमितलाई आज क्वारेन्टिनबाट अलग्गै सुरक्षित तरिकाले राख्ने काम भइरहेको बताइएको छ  । भारतबाट आएर नरैनापुरको विभिन्न क्वारेन्टिनमा रहँदै आएका एक महिलासहित ४७ जनामा आज कोरोना पुष्टि भएको हो ।  

यसअघि नेपालगञ्जमा फेला परेका सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा तथा नरैनापुरका आठ जनालाई दाङ पठाइएको छ । बाँकेमा प्रदेश सरकारले खजुरामा स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा बाँकेका २५ र बर्दियाका एक गरी २६ जनाको उपचार हुँदै आएको छ ।  - रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  २२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC