site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इलाम । नेपाल विद्यार्थी सङ्घले नेपाल भारत सीमावर्ती सन्दकपुरमा भारतले नेपालको सिमाना मिचेको भन्दै विरोध गरेको छ । 

नेपाल विद्यार्थी सङ्घ इलाम र पाँचथर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भारतले अतिक्रमण गरेको नेपालको सीमा (इलाम सन्दकपुर गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिकाको सिमाना) को भूमिमा विरोध प्रदर्शन गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अतिक्रमित नेपाल–भारत सीमा सन्दकपुर नजीकै रहेको आहलटारमा सङ्घले विरोध र्‍याली, प्रदर्शन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन, अतिक्रमित भूमिमा नेपालको राष्ट्रिय झण्डा गाड्ने जस्ता कार्यक्रम सम्पन्न गरिएको नेविसङ्घ इलामका उपाध्यक्ष प्रज्वल भट्टराईले जानकारी दिए ।

सङ्घका कार्यकताहरुले भारतीय विस्तारवाद मुर्दावाद भन्दै लम्पसारवादी भन्दै नेपाल सरकारको समेत विरोध गरेका थिए । भारतीय सुरक्षाकर्मीले विरोध गर्न खोज्दाका पनि विरोध गरिएको उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उनीहरुले सो विवादित क्षेत्रमा नेपालको झण्डासमेत गाडेका थिए । 

Global Ime bank

प्रदर्शनमा इलामबाट उपाध्यक्ष भट्टराईको नेतृत्वमा गएको टोलीमा इलाम तरुण दल क्षेत्र नं ३ का सभापति मोहन गुरुङ, नेपाली काँग्रेस सन्दकपुर गाउँपालिका–४ का वडा सभापति दीपेश गुरुङ, नेविसङ्घ इलामका नेता ध्रुव राई, प्रकाश तामाङलगायतको टोली सो स्थानमा गएको थियो । 

त्यस्तै पाँचथरबाट नेपाल विद्यार्थी सङ्घ पाँचथरका अध्यक्ष तुलसी आचार्यको नेतृत्वमा नेवि सङ्घ पाँचथरका उपाध्यक्ष धनकुमार लावती, नेवि सङ्घ पाँचथरका सहसचिव मोतिहाङ केरुङलगायतको उपस्थिति थियो । 

उनीहरुले तत्काल सरकारले कूटनीतिक रुपमा पहल गरेर सधैँका लागि समस्याका समाधान गर्नसमेत नेपाल सरकारसमक्ष अनुरोध गरेका छन् । - रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  ००:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC