site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आगलागीबाट डेढ महिनामा अर्घाखाँचीमा १०३ घरगोठ जले
Sarbottam CementSarbottam Cement

अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा १०३ घरगोठमा जलेका छन् । 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले गत चैत १ गतेदेखि वैशाख १२ गतेसम्म जिल्लाभर १०३ घरगोठ जलेका जानकारी दिए । वैशाखमा मात्र जिल्लाभर ३१ स्थानमा आगलागी भएको पनि उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार वन क्षेत्रमा लागेको आगोको लप्का बस्तीमा फैलिएपछि ४२ घर पूर्ण र एक घरमा आंशिक क्षति भएको छ । अहिले आगलागी पीडित परिवार खुला आकाशमा बस्न बाध्य छन् ।

त्यसैगरी ५८ गोठ पूर्ण र दुई गोठमा आंशिक क्षति भएको, ५३ पशुचौपाया मरेका र १९ पशुचौपाया घाइते भएको, डढेलोमा एउटा मोटरसाइकल र दुईवटा साइकल पनि जलेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । 

Global Ime bank

त्यस्तै, चालु आर्थिक वर्षमा जिल्लाका ११३ स्थानका दुई हजार १८ हेक्टर क्षेत्रफलमा डढेलो लागेका डिभिजन वन कार्यालयका वन अधिकृत यादव सापकोटाले बताए । वन क्षेत्रमा घाटगद्दी गरिएका ५८३ क्युफिट काठ जलेर नष्ट भएका उनको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय