site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालिका बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीले अढाई वर्षकी बालिका बेचबिखन गर्ने एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको अढाइ वर्षकी बालिकालाई बेचबिखन गरेको आरोपमा ललितपुर गोदावरी नगरपालिकाका ४३ वर्षीया कल्पना विश्वकर्मालाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले आर्थिक अवस्था कमजोर भएका बालिकाको बुबाआमालाई पटकपटक भेटेर 'तिमीहरूको आर्थिक अवस्था कमजोर रहेछ, काठमाडौंको संस्थाको होस्टलमा राखिदिन्छौँ' भनी काठमाडौं ल्याएर बेचबिखन गरेको अनुसन्धानमा खुलेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वकर्माले बालिकालाई गत चैत २९ गते पीडितको घरमा गई ल्याएर चार दिन आफ्नो घरमा राखेर बालिकालाई झापाको काकरभिट्टासम्म पुर्‍याएर भारतको सिलगुढी माइती भएकी महिलालाई बेचेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ विश्वकर्माले संस्थाको तर्फबाट भनी पीडित बालिकाको आमाबुबालाई २० रुपैयाँ हजार दिएको अनुसन्धानमा खुलेको छ । प्रहरीले पीडित बालिकालाई वैशाख १० गते उद्धार गरी सुरक्षित आवास गृहमा राखेको छ ।

Global Ime bank

प्रहरीले बालिका बेचबिखनमा संलग्न विश्वकर्मालाई जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता फुयालले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय