site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस इतिहासमा नहराओस् !   

सात दशक लामो लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको नेपालको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले मूर्ख सेनापतिको अल्पदृष्टि र कमजोर नेतृत्वले युद्ध हारेर बीच बाटामा अलपत्र परेका सिपाहीको  हुलजस्तो भएको छ । पार्टीको अस्तित्व नै संकटमा पर्ने अवस्थामा नेतृत्वको कार्यशैली र संस्कारबाट केन्द्रीय शीर्ष नेतृत्वमात्र होइन लाखौंलाख कार्यकर्तामा समेत निराशा देखिएको छ । अहिलेकै परिस्थितिमा सत्ताको उन्मादमा रमाएको नेकपासँग आउँदो चुनावमा भिड्न सकिन्छ भन्नेमा अगुवा कार्यकर्तामा आत्मविश्वास देखिँदैन । 

विगतदेखि वर्तमानसम्म :

ऐतिहासिक १२ औं महाधिवेशन (१५ असोज २०६७) – 

Prabhu Bank
Agni Group
NIC Asia

सभापतिमा सुशील कोइराला १ हजार ६५२ मतले निर्वाचित भए । त्यसभन्दा बढी मतसाथ महामन्त्रीमा प्रकाशमान सिंह १ हजार ६५६ मत पाएर विजयी भए । विधानतः कांग्रेसको पहिलो निर्वाचित महामन्त्री भए । सभापतिमा पराजित देउवाको १ हजार ३१७ र महामन्त्रीमा पराजित निधिको जम्मा १ हजार २२६ मत थियो । देशमा अहिलेजस्तो सहज स्थिति त्यति बेला थिएन । कारण अनेक थिए – द्वन्द्वको परिवेशबाट आएको माओवादीको दम्भको राजनीति र गिरिजाबाबुको देहावसानपछि पार्टीभित्र नेतृत्व अब कसले समाल्ला भन्ने अन्योल । लाखौं कार्यकर्ताका लागि निर्वाचित कांग्रेस नेतृत्व आशा र भरोसाको द्योतक बन्यो । 

सरल स्वभावका सभापति कोइराला र राजनीतिक संस्कारमा हुर्केका महामन्त्री सिंहले सम्पूर्ण कार्यकर्ताको मनोबल गिर्न दिएनन् । नेता कोइराला र महामन्त्री सिंहको कुशल नेतृत्व क्षमताको कारणले २०७० को संविधान सभाको चुनावमा नेपाली कांग्रेस ठूलो दल बन्ने मौका पायो । नेपाली कांग्रेसलाई अघिल्ला चारवटा सरकारले गर्न नसकेको काम संविधान निर्माण गरेर जारी गर्नुपर्ने चुनौती थियो । आफूले जे भन्यो त्यही हुनुपर्ने हठी स्वभावका र दम्भको राजनीति गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’, ढुलमुले राजनीति गर्ने नेकपा (एमाले), जातीय राज्य ‘मधेस एक प्रदेश’को नारा लिएर सहमतिमा आउन नखोज्ने मधेसवादी दलहरूलाई मिलाएर लैजान सभापति कोइरालालाई ठूलो चुनौती थियो तर ती सबै चुनौती सहज भए ।

Global Ime bank

उता सुशील कोइराला सभापतिमा निर्वाचित भएपछि अब जीवनभर कहिल्यै सभापति बन्न पाइन्न भन्ने ठानेर होला पार्टीभित्र विभिन्न बखडा झिकेर केन्द्रीय सदस्यबाट राजीनामा दिए शेरबहादुर देउवाले । देउवा वना संसार नै चल्दैन भन्ने कुण्ठा बोकेका उनका अनुयायीहरुको पार्टीभित्र असहयोगको स्थितिमा पनि सबै दललाई मिलाएर सहकार्य गरी संविधान निर्माण गरेर जारी गर्नु कोइरालाका लागि फलामको चिउरा चपाउनुजस्तै थियो । संविधान निर्माण हुने कुरा धेरैलाई असम्भव लागे पनि सभापति कोइराला र नेता सिंहको नैतिकता र राजनीतिक बलमा सम्भव भएको थियो । 

त्यसपछि काग्रेसका लागि दुर्भाग्यको समय आयो । तेह्रौं महाधिवेशन (२०७२ फागुन १६–१९) पछि पार्टीमा नयाँ नेतृत्व त आयो तर नेतृत्वमा हुनुपर्ने नैतिकता, स्वाभिमान, लोकतान्त्रिक संस्कार र सहकार्यको भावनालाई तिलाञ्जलि दिइयो । त्यसअघिको नेतृत्वबाट सिक्ने र त्यसअनुसार अघि बढ्ने चाहना नेताहरुमा देखिएन । नेतृत्वको अकर्मण्यताका कारण नेपाली कांग्रेसका संघ संगठनहरु अहिलेसम्म पनि लथालिङ्ग अवस्थामा छन् । 

तीनै तहको चुनावमा इतिहासमै पहिलोपटक सोत्तर हुनेगरी पराजित भएपछिको स्थितिमा निराश कार्यकर्ता नयाँ नेतृत्व खोज्दैछन् । पार्टी पुनजीर्वित भएको देख्न चाहिरहेका छन् तर  नैतिकता गुमाएको नेतृत्व चाहिँ यो वा त्यो बहानाबाजी गरेर कार्यकाल लम्याउँदै गएर अधिनायकवाद लाद्न खोजेपछि अहिले नेपाली काग्रेसको अस्तित्व नै संकटमा फसेको हो । सतहत्तरमध्ये ५६ जिल्ला सभापतिहरुले विशेष अधिवेशनको सम्बन्धमा छलफल गर्ने उद्देश्यले बोलाइएको हेटाैंडाको जिल्ला सभापति भेलामा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई मन्तव्य राख्ने मौका नदिई भेला असफल बनाइयो । 

समस्याको जड : चारचारपटक प्रधानमन्त्री भएर पनि पार्टीलाई कुशल नेतृत्व दिन नसकेर आलोचित भएका देउवाको सभापतिको कार्यकाल लम्याउन यही कार्यसमितिलाई निरन्तरता दिन महाधिवेशन नै नगर्ने दाउमा छन् शेरबहादुर देउवा । नेविसंघको सभापति हुँदा पनि अधिवेशन नगरी कार्यकाल लम्याएको र प्रधानमन्त्रीमा टिक्न राजालाई नै प्रजातन्त्र बुझाउने कार्य देउवाले गरेको देखिन्छ । प्रधानमन्त्रीको कुर्चीका लागि भरतपुर महानगरपालिकाको मेयर पदको सौदाबाजी गर्ने देउवाले २०७४ को स्थानीय चुनावमा माओवादीलाई भोट नहाले कांग्रेसहरुलाई कारवाही गर्छुसम्म भन्न सके । 

अब इतिहासकै भरमा जनताले विश्वास गर्ने स्थिति रहेन । स्वनामधन्य नेताहरुको नाममा जम्मा भएको सम्मानयोग्य संस्कार, राजनीतिक आदर्श, स्वाभिमान र नैतिकता रकम नभएको बैंकखाता र विक्री गरेर छोडेको पुरानो ‘प्रोपटी’ जस्तै भएको छ । अब यो वा त्यो बहाना गरेर चल्ने अवस्था छैन ।  जुनसुकै परिस्थितिमा पनि लोकतान्त्रिक पद्धतिबाट अधिवेशन गरेर कांग्रेसमा नयाँ नेतृत्व आउनैपर्छ । होइन भने नेपालको ठूलो लोकतान्त्रिक पार्टी यसरी सिद्धिएको थियो भनेर इतिहासमा पढ्ने अवस्था आउनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC