site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ सशस्त्रको फौज राख्ने तयारी गरेको नेपाल–भारत सीमा क्षेत्र छाङ्‍गरु (तस्बिर कथा)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल भारत सीमा कालापानी नजिकै सशस्त्रको बीओपी (बोर्डर आउट पोस्ट) स्थापना गरिने भएको छ । गत चैतको पहिलो साता दार्चुलाबाट सशस्त्रको टोली गएर ठाउँ हेरेर आएको थियो ।

भारतले एकतर्फी रूपमा नेपालको भूमि प्रयोग गरी लिपुलेक छिचोल्ने सडक खनेपछि बुधबार नै सशस्त्रको समूह छाङ्रु उतार्न लागिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले सशस्त्र प्रहरीको ५० नम्बर गुल्मलाई तयारीका लागि निर्देशन समेत दिइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामी तयारी हालतमा छौं । गुल्मले तयारी गरिरहेको छ,” दार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बरबहादुर विष्टले बाह्रखरीसँग भने, “आदेश आउनासाथ हामी ‘मुभ’ भइहाल्छौं ।”

प्रारम्भिक चरणमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाका समूह छाङ्रु उतार्न लागिएको विष्टले बताए ।

Global Ime bank

“अहिले नेपालको बाटो भएर जान सम्भव छैन । गोरेटो बाटो पनि ठाउँठाउँमा भत्किएको छ । हिँडेर जाँदा पिथौरागढ (भारतीय) प्रशासनसँग समन्वय गर्नुपर्छ,” विष्टले भने, “अहिले बीओपीका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् लैजाने तयारी गरेका छौं । अत्यधिक हिमपात हुने ठाउँ भएकाले ६ महिनालाई पुग्ने रासन एकैपटक लैजान लागेका छौं ।”

सशस्त्र प्रहरी आउने भए पनि स्थानीयले जग्गाको समेत प्रबन्ध गरिसकेका छन् ।

कुन्चाको सिजन भयो
विष्टका अनुसार कालापानी क्षेत्र निर्जन भूभाग हो । भारततर्फका पाँच–पाँच किलोमिटरको फरकमा सेना र अर्धसैन्य बल तैनाथ छन् । व्यवस्थति हिसाबले बस्दै आएका छन् । हिमपातको असर पर्दैन । वर्षभरि पुग्ने रासनपानी एकैपटक लैजान्छन् ।

नेपालतर्फ छाङ्रु र तिङ्कर भञ्ज्याङमका मानिसहरूको बसोवास छ । सउका जातीको बाहुल्य छ । उनीहरू हिउँद लागेपछि कुन्चा (बसाइँ सर्नुलाई कुन्चा भनिन्छ) सुरु हुन्छ । तल झरेर डुम्बिलिङ  (व्यास गाउँपालिका २) र दार्चुला सदरमुकाम खलङ्गामा आउँछन् ।

३ हजार ७ सयदेखि ३ हजार ८ सयको उचाइमा रहेको छाङ्रु क्षेत्र व्यास गाउँपालिका वडा नम्बर १ मा पर्छ । त्यहाँ र तिङ्कर दुई ठाउँमा नेपाल प्रहरीको अस्थायी चौकी पनि छ । तर बासस्थान व्यवस्थित नभएकाले उनीहरू पनि त्यहाँ बस्ने अवस्था छैन । छाङ्रुबाट डुम्बिलङमा झरेका छन् ।

“चैतको ९ गते जाँदा पनि त्यहाँ हिउँ पग्लिइसकेको थिएन  । अहिले बीओपी राख्ने ठाउँमा हिउँ पग्लिइसकेको छ,” विष्टले थपे ।

छाङ्रु क्षेत्र अतिक्रमित कालापानीबाट १२ किलोमिटर वरै पर्छ । “कालापानीबाट १०–१२ किलोमिटर वरै पर्छ । भारतले एकतर्फी सडक बनाएको सूचना हामीले पनि पाएका छौं । तर, हिउँ र ठाउँका कारण पुग्न सम्भव भएन । बीओपी राखेपछि हाम्रो उपस्थिति बलियो हुन्छ,” विष्ट भन्छन् ।

तिङ्कर नाकासम्म बाटो खोल्ने तयारी
छाङ्रुमा बीओपी राख्ने तयारी गरेपछि रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल गत फागुन पाँच गते दार्चुला पुगेका थिए । दार्चुलाबाट हेलिकोप्टरमार्फत् छाङ्रु उत्रने तयारी गरेको भए पनि मौसमले साथ दिएन । भारी मात्रामा हिउँ परेपछि आकाशबाटै अवलोकन गरेर फर्किएका थिए । त्यतिबेलै सुरक्षा निकायले भारतले नेपाली भूमिसमेत मिचेर बाटो बनाइरहेको र छिट्टै लिपुलेक छिचोल्ने तयारी गरेको ब्रिफिङ गरेका थिए । सरकारले दार्चुला सदरमुकाम खलङ्गादेखि तिङ्कर भञ्ज्याङ जोड्ने ७९ किलोमिटर सडकको ट्र्याक खोल्ने निर्णय गरिसकेको छ । पोखरेलले छाङ्रु गएकै बेला त्यसको पनि अवलोकन गरेका थिए ।

दार्चुलाबाट फर्किएको दुई सातापछि बसेको मन्त्रिपरिषद् बैठकले खलङ्गादेखि तिङ्कर भञ्ज्याङसम्म बाटो खन्ने र उक्त काम नेपाली सेनालाई दिने निर्णय गरिसकेको छ । आगामी बजेटमा रकम विनियोजन हुने रक्षामन्त्रालय स्रोतले जानकारी दियो ।


 

फाइल तस्बिर : अक्षर काका

छाङगरूका तस्बिरहरू एपीएफका राजेन्द्र साउद
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC