site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
अमेरिकामा यसरी मनाइयो बुद्ध जयन्ती
Sarbottam CementSarbottam Cement

बष्टन(अमेरिका) । कोरोनाभाइरसको महामारीले न्यू योर्क सहर ठप्प भए पनि त्यहाँ बस्ने नेपाली बुद्ध धर्माबलम्बीले फेसबुक लाइभमा सहभागी भएर बुद्ध जयन्ती मनाएका छन् ।  गत मे ७ मा मनाइएको २६ सय ४४ औँ बद्ध जयन्तीको फेसबुक लाइभ कार्यक्रम युनाइटेड शेर्पा एसोसियसनले आयोजना गरेको थियो ।

फेसबुक लाइभमा अमेरिका, नेपाल, भारतको सिक्किम दार्जिलिङ र यूरोपका विभिन्न देशहरुबाट करिब ६ हजार बुद्धधर्माबलम्बी तथा बुद्ध प्रेमीहरुको सहभागिता रहेको एसोसियशनका अध्यक्ष उर्गेन शेर्पाले बताए । कार्यक्रमको सञ्चालन सामाजिक दूरी तथा रोकथामका अन्य उपाय कायम गर्दै गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा लोपेन ग्यूर्मे छोडकबाट बुद्ध जीवनी र बोधिचर्यावतारबारे शेर्पा भाषामा प्रवचन, बुद्ध उपदेश र पञ्चशीलबारे खेन्पो ङवाङ सांगेबाट नेपाली भाषामा प्रवचन र बुद्ध जयन्तीबारे आचार्य एडी शेर्पाको प्रवचन रहेको थियो । कार्यक्रममा न्यू योर्कका स्थानीय जनप्रतिनिधि काउन्सिल मेम्बर डानियल ड्रोम, न्यू योर्क टाइम्सका रिपोर्टर तथा कोलम्निष्ट ड्यान ब्यारी र रोटरी क्लव क्वीन्सका अध्यक्ष नवराज केसीको पनि उपस्थिति थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC