site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमित बढेपछि बाँके कारागारमा उच्च सतर्कता 
Sarbottam CementSarbottam Cement

बाँके । नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि बाँके जिल्ला कारागारले उच्च सतर्कता अपनाएको छ ।

सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी कैदीबन्दी भेटघाट पूर्णरुपमा बन्द गरी कारागारमा अत्यावश्यकीय कामबाहेक अन्य व्यक्तिको सम्पर्कमा रोक लगाइएको कारागारका प्रमुख देवेन्द्र श्रेष्ठले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय जना क्षमता रहेको कारागारमा अहिले ८०५  छन् । उनीहरुलाई मास्क, स्यानिटाइजर जस्ता सामग्रीका साथै हात धुनका लागि पर्याप्त मात्रामा साबुनपानीको व्यवस्था गरिएको छ । 

कारागारमा रहेका दीर्घरोगीलाई भेरी अस्पताल र शिक्षण अस्पतालमा नियमित उपचारको व्यवस्था गरिएको छ ।  नेपालगञ्जमा साविकको मध्य तथा सुदूरपश्चिमका २५ जिल्लाका कैदीबन्दी आउने गरेका छन् । खासगरी अस्वस्थ कैदीबन्दीलाई उपचारको सुविधाका लागि बाँके जिल्ला कारागारमा ल्याइने गरिएको कारागार प्रमुख श्रेष्ठको भनाइ छ ।

Global Ime bank

कारागारमा अहिले पनि ८० वर्षसम्मका दीर्घरोग भएका  कैदीबन्दी छन् । अस्वस्थ भई भेरी अस्पतालमा एक हप्तादेखि उपचाररत नेपालगञ्ज ४ का सीताराम वैश्यको बिहीबार निधन भएको छ । मधुमेह र उच्च रक्तचापका रोगी वैश्यलाई कमलपित्त  देखिएपछि उपचारार्थ भर्ना भएकै बेला निधन भएको कारागार प्रमुख श्रेष्ठले जानकारी दिए । 

कारागार प्रमुख श्रेष्ठका अनुसार गनापुरमा आठ बिघा क्षेत्रफलमा खुला कारागार निर्माणको काम जारी  छ । नौबस्तामा पनि १० बिघा क्षेत्रफलमा तीन हजार कैदीबन्दी अटाउने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ ।  - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC