site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाले पनि नसिकाएको पाठ

सरकारले समयमा नै सबैलाई घरभित्र राखेर सुझबुझ त देखायो तर गम्भीर प्रश्नहरू छन्  — कोरोना–सङ्कटमोचन बन्दाबन्दी (लकडाउन)ले मात्र हुनसक्छ ? लकडाउनलाई निरन्तरता दिएरमात्र सरकारको दायित्व पूरा हुन्छ ? काम र माम दुवै बन्द भएपछि जहाँको त्यहीँ बन्द भएर चुलोसम्म बाल्न नसकेका सर्वसाधारणका लागि अव्यवस्थित सहायता वितरणबाहेक उनीहरूका समस्या समाधानका लागि भावी योजना खै त ? सत्ताको खेलमा रातारात बैठक बस्ने नेताहरू जनजीवन सहज बनाउने छलफलका लागि कतिपटक बैठक बसे ? 

एकातिर संक्रमण बढ्दो छ । अतः त्यसको उपचार तथा नियन्त्रणलाई अझ प्रभावकारी बनाउनुपर्नेछ । हाम्रो स्वास्थ्य क्षेत्रले यो महामारी व्यापक भएमा थेग्न सक्छ कि सक्तैन ? सक्दैन भने त्यसलाई कसरी सक्षम बनाउने ? स्वास्थ्यकर्मीको सुरक्षा कसरी गर्ने ? उनीहरूको मनोबल उच्च राख्न के गर्ने ? जस्ता गम्भीर विषयमा सत्ताभित्र तथा बाहिरका नेताहरूबीच साझेदारी खै त ? हामीकहाँ त अहिले टेलिभिजनका पर्दामा राजनीतिक दलका नेताहरू पार्टी फुटाउने र जुटाउनेबारे पो बहस गरिरहेका देखिन्छन् । यसभन्दा ठूलो विडम्बना अरु के होला ? 

अहिले सहरमा अलपत्र परेकाहरू गाउँ जान खोज्दैछन् । विदेशमा अलपत्र नेपालीहरू स्वदेश फर्कन खोजिरहेछन् । यो त तत्कालीन समस्यामात्र हो । दीर्घकालीनरूपमा हेर्ने हो भने विज्ञहरू भनिरहेकाछन् – कोरोना महामारीबाट धेरैले ज्यान गुमाउनुका साथै असंख्य मानिसको रोजगारी पनि गुम्नेछ । महामारीपछि पनि भोकमरीका कारण असंख्य मानिसको मृत्यु हुन सक्नेछ । हाम्रो राजनीतिक वृत्तका जिम्मेवार व्यक्तिहरू भने यसबारे मौन छन् । मानौँ यस समस्याले हामीकहाँ प्रवेश नै पाउनेछैन ! त्यसैले त उनीहरू आपसमा ऐक्यबद्ध भएर यस्ता संभावित समस्या विरुद्ध रणनीति तय गर्न लाग्नुको साटो सत्ता हत्याउने रणनीतिमा केन्द्रित भइरहेका छन् !

Prabhu Bank
Agni Group
NIC Asia

हाम्रा सामुनने गम्भीर चुनौतीका रूपमा उभिएको यो महामारी कहिले नियन्त्रण हुने हो कुनै टुङ्गो छैन । विज्ञहरूकै आकलनअनुसार पनि विकसित मुलुकहरूको अर्थतन्त्रमा ठूलो गिरावट आउनेछ । त्यसैका कारण वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सले देशको अर्थतन्त्र धान्ने अवस्था नरहला ।

देशकै युवा शक्ति पनि अब विदेश जान नचाहलान् । सहरबाट गाउँ गएका अनि विदेशबाट फर्किएकाहरूका लागि काम र मामको अतिरिक्त आवश्यकता पर्नेछ । उनीहरूका लागि उपयुक्त अवसर तथा सहज जीवनयापनको वातावरण कसरी बनाउने ? आयातमुखी हाम्रो व्यापार अबका दिनमा सहज हुनेछैन । किनभने, छिमेकी मुलुकहरूले आफ्नै आवश्यकता पूरा नगरी निर्यात गर्नेछैनन् । खाद्यान्न आयातमा कमी आउनासाथ भोकमरीको समस्या आउन सक्छ । किनभने, अहिलेसम्म हाम्रा कुनै पनि सरकारले कृषिकेन्द्री नीति ल्याएर कार्यान्वयन गर्न सकेनन् । कमिसनको खेलमा उब्जाउ जमिन प्लटिङ् गर्न र आवास विस्तार गर्नमैँ सबैको आकर्षण देखियो । गाउँको जमिन बाँझो राखेर युवाशक्ति विदेश धपाउने नीतिका कारण गाउँगाउँमासमेत खाद्यान्न आयात गर्नुपर्ने अवस्था बन्न थाल्यो । सहरका त कुरै छाडौँ ! उद्योगधन्दा नाममात्रका बाँकी रहेका हुनाले हामी आफ्ना ससाना आवश्यकताका लागि पनि विदेशी उत्पादमा निर्भर रहन थाल्यौँ । कुनै पनि सरकारले हामीलाई आत्मनिर्भर बनाउने नीति लिएन । त्यसैले भविष्यमा हामी निकै कठिन परिस्थितिबाट गुज्रनुपर्नेमा पनि दुईमत छैन । 

Global Ime bank

विगतका विपदहरूबाट त हाम्रो राजनीतिक नीतिनिर्माण तहले कुनै पाठ सिकेन नै अहिलेको कोरोना महामारीले पनि यिनलाई पाठ सिकाउन सकिरहेको छैन । त्यसैले त यस्तो सङ्कटमा पनि हामीकहाँ सत्ताको दाउपेच र कमिसनकै खेल चलिरहेको छ, भ्रष्टाचार रोकिएको छैन । भ्रष्टाचारको कमाइले महामारीलाई जित्न सक्तैन तर सदाचारले समाज र राष्ट्रको कल्याण गर्न सक्छ भन्ने चेतना यिनमा अभैm आउन सकेको देखिँदैन । ‘एकातिरको आँधी, अर्कातिर झोलुङ्गे’ भन्ने उक्तिजस्तै छ अहिलेको हाम्रो राजनीतिक बहस ! 

गाउँका बाँझा गरा हराभरा पारेर स्थानीयको आवश्यकता पूरा गर्नेे योजना छैनन् । विदेशबाट फर्केको जनशक्तिको परिचालन गरेर कृषि तथा औद्योगिक विकासका माध्यमबाट संभावित अभावबाट जोगिने उपायबारे छलफल हुँदैनन् । बारीको तरकारी बारीमा नै कुहिएर किसान रोइरहेका छन् भने कतिपयले दूध र अन्डा सडकमा फालेर विरोध गरिरहेका पनि छन् । उपभोक्ता भने त्यही वस्तुको सहज आपूर्ति नहुनाले पिरोलिइरहेका देखिन्छन् । दैनिक उपभोग्य वस्तु उत्पादकबाट सरकारी पहलमा उपभोक्तासम्म पु¥यायाउन योजना आउँदैन । 

लकडाउनमा बन्द भएका उद्योगधन्दा तथा शैक्षिक क्षेत्र कसरी सञ्चालन गर्ने, अनलाइन पठनपाठनको अवधारणालाई मूर्त रूप दिन इन्टरनेटको पहुँच कसरी बढाउने भनी नेताहरूले विचार विमर्श गरेको पनि सुनिएको छैन । सुनिएको छ त सत्ताको गणितीय बहसमात्र !

कोरोनाले अन्य मुलुकलाई धेरै पाठ सिकायो होला । हामीले पनि हात धुन, घरभित्रै बस्न र अन्य धेरै पाठ सिक्यौँ । तर, हाम्रा नेताहरूले अहिलेसम्म पनि कुनै पाठ सिकेका रहेनछन् कुर्सीको लिगलिगे दौडबाहेक । कोरोनाको यत्रो महामारीले पनि हाम्रा नेताहरूको दम्भ अनि विकृत मानसिकतामा परिवर्तन गरी संवेदनशीलता र जिम्मेवारीबोध गराउन सकेन । त्यसैले त गरिब मजदुरहरू कोसौँको दूरी पैदल यात्रा गर्न विवश हुँदा यिनका आँखा रसाएनन् ! सर्वसाधारण भिखारीझैँ सडकमा आएर सहायताका लागि झोली फैलाउँदा राजनीतिमा नलागेकाहरूको मन पग्लियो तर नेताहरूको उपस्थिति देखिएन । किनभने हाम्रो राजनीति सदा व्यापारकै रूपमा देखिएको छ । पशुपतिनाथको कृपाले हामीकहाँ युरोप अमेरिकामा जस्तो भयावह मृत्यु भएको छैन ! त्यस्तै परिस्थिति आउने हो भने घाट पनि हाम्रा नेताहरूका लागि कमिसन खाने माध्यम बन्ने हो कि भन्ने डर छ ।     
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC